मोरङका पथरीशनिश्चरे र धनपालथान क्षेत्रमा चट्याङ लागेर दुई महिला घाइते भएका छन्।
पथरीशनिश्चरे–२ की ४६ वर्षीया जानुका रेग्मी भान्साको बाहिर उभिएको बेला चट्याङ लागेर घाइते भएकी छन्। उनको उपचार मदन भण्डारी अस्पतालमा भइरहेको छ र अवस्था सामान्य रहेको छ।
त्यस्तै, धनपालथान–२ की ३० वर्षीया भाल्सा देवी ऋषिदेव घरमै बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइते भएकी छन्। उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


