Thursday, June 04, 2026
Home > खेलकुद समाचार > अन्तिम मिनेटमा गोल खाँदा साफको सेमिफाइनलबाट बाहिरियो नेपाल

अन्तिम मिनेटमा गोल खाँदा साफको सेमिफाइनलबाट बाहिरियो नेपाल

काठमाडौं, जेठ २० — बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।

नेपालले गीता रानाको गोलमार्फत अग्रता लिए पनि बंगलादेशले बराबरी गोल फर्काएको थियो। खेलको इन्जुरी समयमा सागोरिकाले निर्णायक गोल गरेपछि नेपाल फाइनल पुग्नबाट वञ्चित भयो। लगातार दुई संस्करणको विजेता बंगलादेश भने फाइनलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *