नेप्से ८३ अंकले उकालो, २,७६० विन्दुमा पुग्यो
काठमाडौँ — नेप्से परिसूचक आज ८३.३३ अंकले बढेर २,७६० विन्दुमा पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले को बजारप्रति सकारात्मक धारणा पछि लगानीकर्तामा उत्साह देखिएको हो। आज अधिकांश समूह उकालो लाग्दा फाइनान्स र जलविद्युत् समूहमा उच्च वृद्धि देखियो। कारोबार रकम भने घटेर १० अर्ब ९२ करोड रुपैयाँमा सीमित भयो।
Read More
