Home > मुख्य समाचार (Page 12)

प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ, जहाँ सुनुवाइ प्रक्रिया सुरु गर्ने एजेन्डा राखिएको छ। यसअघि संवैधानिक परिषद्को बैठकले बिहीबार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

Read More

संसद् सचिवालयको ट्रेड युनियन व्यवस्था खारेज

काठमाडौं — अध्यादेश कार्यान्वयनसँगै संघीय संसद् सचिवालयमा ट्रेड युनियनको व्यवस्था खारेज गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै कर्मचारी युनियनसम्बन्धी कानुनी प्रावधान हटाइएको जानकारी दिएको हो। यसअघि सचिवालयका तल्लो तहका कर्मचारीले पेशागत हकहितका लागि युनियन गठन गर्न पाउने व्यवस्था रहेको थियो।

Read More

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

काठमाडौं — सरकारले विदेशस्थित १५ अवैतनिक नेपाली कन्सुल तथा कन्सुल जनरललाई पदमुक्त गर्ने निर्णय गरेको छ। साथै, वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बैठकले श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

Read More

बालेन सरकारले बोलायो मन्त्रिपरिषद् बैठक

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ।

Read More

संवैधानिक परिषद् बैठक सुरु, नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यसहित संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठकमा सर्वोच्च अदालतको नयाँ नेतृत्व चयनबारे छलफल भइरहेको छ।

Read More

पोखरा विमानस्थल अनियमितता प्रकरणमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताबारे पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शंकर अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपअनुसार चिनियाँ ठेकेदार कम्पनी सीएमसीलाई सम्झौताविपरीत करछुट दिइएको थियो। मुद्दामा करिब ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको

Read More

काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली, २,६८७ घरटहरामा डोजर; १५ हजारभन्दा बढी विस्थापित

काठमाडौंका १९ वटा सुकुम्बासी बस्ती खाली गराउने क्रममा २,६८७ घरटहरामा डोजर चलाइएको छ, जसमा ८९० पक्की र १,७९७ कच्ची संरचना छन्। जिल्ला प्रशासनका अनुसार यस अभियानबाट करिब १५,३१६ जना विस्थापित भएका छन्।

Read More

सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु, उपस्थितिमा डिजिटल हाजिरी लागू हुने

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक उपस्थितिको हाजिरी अब विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। संसद सचिवालयका अनुसार विभिन्न विषयगत समितिका सांसदहरूको विवरण संकलन क्रमशः भइरहेको छ। आगामी दिनमा बाँकी समितिका सदस्यहरूको पनि बायोमेट्रिक विवरण संकलन गरिनेछ।

Read More

बालेन्द्र शाहद्वारा संवैधानिक परिषद्को पहिलो बैठक आह्वान, रिक्त पदमा नियुक्ति एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बिहीबार दिउँसो ५ बजेका लागि बोलाएका छन्। प्रधानमन्त्री बनेपछि यो उनको पहिलो बैठक हो। बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र निर्वाचन आयोगलगायत संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिबारे छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। हाल परिषद्को नियमअनुसार केही सदस्य उपस्थित भए पनि निर्णय लिन सकिने व्यवस्था

Read More