Home > राष्ट्रिय समाचार (Page 29)

जेठ १४ देखि ४ दिन लगातार सार्वजनिक बिदा

सरकारले जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालय का अनुसार जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा बिदा दिइएको हो। त्यसपछि जेठ १५ गते गणतन्त्र दिवसको बिदा, १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको

Read More

एमाले सचिवालय बैठक आज, नेताहरूको कार्यविभाजन टुंगिने तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको जिम्मेवारी हेरफेरको प्रस्तावमाथि छलफल गरी निर्णय गरिने बताइएको छ। नयाँ कार्यविभाजनअनुसार विभिन्न विभागीय जिम्मेवारीहरू नेताहरूलाई तोकिने तयारी छ। महाधिवेशनपछि गरिएको अस्थायी जिम्मेवारीलाई यस बैठकले औपचारिक रूप दिने अपेक्षा

Read More

रास्वपा महाधिवेशन नजिकिँदै, रवि लामिछाने नै निर्विकल्प नेतृत्वको चर्चा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी महाधिवेशनको तयारीमा जुटिरहेको छ। असार ७, ८ र ९ गते हुने महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भए पनि वर्तमान सभापति रवि लामिछाने नै निर्विकल्प रहने चर्चा पार्टीभित्र बढेको छ। पार्टी नेताहरूले सर्वसम्मत नेतृत्व चयनको सम्भावना बलियो रहेको बताएका छन्। महाधिवेशनका लागि ७७ जिल्लामा प्रतिनिधि तोकिसकिएको छ

Read More

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ जिम्मेवारी बाँडफाँड

मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन्। पुनर्गठनपछि मुख्यमन्त्री यादवले केही प्रमुख मन्त्रालय आफैं सम्हालेका छन् भने अन्य मन्त्रीहरूलाई स्वास्थ्य, ऊर्जा, उद्योग, वन, कृषि र गृहलगायत मन्त्रालयको जिम्मेवारी तोकिएको छ। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण समेत गरिसकेका छन्।

Read More

कोसी र मधेस प्रदेश सांसदसँग रणनीतिक छलफलमा रवि

रास्वपा सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग सिंहदरबारमा छलफल गर्दैछन्। सांसदहरूको सुझावका आधारमा पार्टीको आगामी रणनीति तय गर्ने तयारी गरिएको बताइएको छ।

Read More

गुणस्तर मापदण्ड नपुगेपछि डाबरको मह फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर ब्राण्डको ५ सय ग्राम मह गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। ‘NB00477’ ब्याच नम्बरको मह प्रयोगशाला परीक्षणमा मापदण्डअनुसार नभेटिएपछि बिक्री वितरण रोक्न आदेश जारी गरिएको हो। उक्त उत्पादन डाबर नेपाल प्रालि, जितपुर सिमरा बाराले उत्पादन गरेको विभागले जनाएको छ।

Read More

बालेन सरकारमाथि एमाले सांसद राईको कडा टिप्पणी

काठमाडौं । एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार विधिअनुसार नचलेको आरोप लगाउँदै सरकारलाई “घुँडा टेकाउन सक्ने” चेतावनी दिएका छन्। संसद् भवन परिसरमा उनले रास्वपा सभापति रवि लामिछानेको पनि आलोचना गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसकेको टिप्पणी गरे। साथै, जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

Read More

‘उपयुक्त समयमा संसद् आउँछु’ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग भएको भेटपछि कार्यव्यवस्था परामर्श समितिमा यस्तो जानकारी गराएका हुन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीले संसद् अवरोध गरे पनि नाराबाजीकै बीच केही विधेयकहरू बहुमतले पारित भएका छन्।

Read More

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलको नाराबाजीबीच बैठक सञ्चालन भए पनि अन्ततः सभामुखले स्थगनको घोषणा गरेका हुन् । अर्को बैठक जेठ १२ गते बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै विपक्षीले लगातार विरोध जनाएका थिए ।

Read More

विपक्षी विरोधबीच प्रतिनिधिसभा बैठक अघि बढ्यो

प्रधानमन्त्रीसँग भेटेर फर्किएपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको अवरोधबीच प्रतिनिधिसभा बैठक अघि बढाएका छन् । विपक्षीको नाराबाजीका बीच कानुनमन्त्री सोविता गौतमलाई निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गर्न समय दिइएको छ । विपक्षीले प्रधानमन्त्री सदनमा आएर प्रश्नको जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेका छन् ।

Read More