Home > राष्ट्रिय समाचार (Page 30)

सरकारी कोषमा अनियमित खर्च र करोडौँ रकम असुली बाँकी रहेको खुलासा

महालेखापरीक्षकको प्रतिवेदनले विभिन्न सरकारी कोषहरूको रकम उद्देश्यविपरीत खर्च भएको र ठूलो मात्रामा रकम असुली बाँकी रहेको देखाएको छ । वैदेशिक रोजगार, कल्याणकारी, दूरसञ्चार, सहकारी तथा वन विकास कोषलगायतमा नियमविपरीत खर्च र करिब अर्बौँ रुपैयाँ असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । नियामक निकायको कमजोरीका कारण वित्तीय अनुशासन कमजोर बनेको

Read More

प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल बीच सिंहदरबारमा भेटवार्ता भएको छ । संसद् अवरोधपछि भएको भेटमा समसामयिक विषयमा छलफल भए पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा ठोस सहमति नभएको जनाइएको छ ।

Read More

‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त सप्लिमेन्ट नेपालमा दर्ता छैन, बिक्रीमा कडा कारबाही चेतावनी

काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले ‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा दर्ता वा बिक्री अनुमति नभएको जनाएको छ। दर्ताविनाका यस्ता सप्लिमेन्ट बिक्री गरे कडा कारबाही गरिने चेतावनी दिँदै विभागले उपभोक्तालाई अप्रमाणित उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ।

Read More

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मागपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विपक्षीले नियमावलीअनुसार प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने व्यवस्था पालना नभएको भन्दै विरोध जनाएका हुन् ।

Read More

हिरासतभित्र श्रीकृष्णको मृत्यु : आमाको न्याय संघर्ष, प्रहरीमाथि लापरबाहीको आरोप

खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरणमा उनकी आमा बिन्दामाया न्यायको माग गर्दै माइतीघरमा धर्नामा छिन्। अन्तरजातीय प्रेम सम्बन्धपछि पक्राउ परेका श्रीकृष्ण हिरासतभित्र मृत भेटिएका थिए। छानबिन समितिले सीसीटीभी अभाव र निगरानी कमजोरीसहित प्रहरीको लापरबाही औंल्याउँदै कारबाही सिफारिस गरेको छ।

Read More

कार्यसूचीमा प्रवेशलगत्तै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् । आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् ।

Read More

कार्यसूचीमा प्रवेशलगत्तै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् । आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् ।

Read More

प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको केसीको आरोप

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जिम्मेवार नदेखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री संसद्को अभिन्न अंगजस्तो व्यवहार नगरेको भन्दै ‘छुट्टै टापुको सम्राट’ जस्तो अनुभूति भएको बताए । विपद् व्यवस्थापनजस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै उनले आपत्ति जनाए ।

Read More

किसानको भुक्तानी १५ दिनमै सुनिश्चित गर्न सांसद अधिकारीको माग

रास्वपाकी सांसद लिमा अधिकारीले किसानले उत्पादनको भुक्तानी १५ दिनभित्र पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभामा बोल्दै उनले दूध, उखुलगायतका किसानले वर्षौँसम्म भुक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको बताइन् । समयमा उचित मूल्य नपाउँदा युवाहरू विदेशिन बाध्य भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

Read More

बालअधिकार परिषद् खारेज नगर्न रानामगरको सरकारलाई आग्रह

रास्वपाकी सांसद इन्दिरा रानामगर ले राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभामा बोल्दै उनले बालबालिकाको हकहित संरक्षणका लागि स्पष्ट वैकल्पिक व्यवस्था बिना परिषद् खारेज गर्नु गलत हुने बताइन् ।

Read More