Home > राष्ट्रिय समाचार (Page 32)

५ बुँदे सहमतिपछि रुबी खानको अनशन अन्त्य

नेपालगन्ज – अधिकारकर्मी रुबी खानले गृह मन्त्रालयसँग ५ बुँदे सहमति भएपछि २३औँ दिनमा अनशन तोडेकी छन्। सहमतिअनुसार निर्मला कुर्मी प्रकरणको अनुसन्धानलाई न्यायिक प्रक्रियामा अघि बढाइने, सम्बन्धित प्रहरीमाथि छानबिन गरिने र रुबी खानसहित महिला अधिकारकर्मीलाई सुरक्षा उपलब्ध गराइने भएको छ। वार्ताका लागि गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, एआइजी सुशीलसिंह राठौर तथा प्रधानमन्त्रीका

Read More

संसद्‍मा रास्वपाका सांसदको माग: डोजर आतंक बन्द गरियोस्

काठमाडौँ – सत्तारुढ रास्वपाका सांसद भरत पराजुलीले अरनिको राजमार्गअन्तर्गतको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा डोजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्। उनी भन्छन्, “स्थानीय तहको निर्णयले नागरिकको सम्पत्ति हनन् भइरहेको छ। सडक विस्तारका लागि नागरिकको सहयोग आवश्यक छ।”

Read More

मोरङ–२ का सांसदमाथि आरोप ‘आधारहीन’: रास्वपा उपनेता पराजुली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दल उपनेता गणेश पराजुलीले मोरङ–२ का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोप आधारहीन भएको बताएका छन्। उपनेता पराजुलीले संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै, आरोपहरू चरित्र हत्या गर्ने उद्देश्यले आएको र अहिलेसम्म कुनै उजुरी दर्ता भएको पाइएन भने। कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर छोडेको आरोप आएका

Read More

बुद्ध एयरले रोक्यो नेपालगञ्ज–पोखरा सिधा उडान

काठमाडौँ – करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान मङ्गलबारदेखि केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने पर्यटकको संख्या कम हुनु र इन्धन खर्च बढ्नु प्रमुख कारण रहेका छन्। उडान स्थगित भएपछि पश्चिम नेपालको यात्रु र पर्यटन व्यवसायीहरू निराश भएका छन्। अब यात्रुले कम्तीमा १४ घण्टा

Read More

वैशाखमा चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षयताकै धेरै २९ हजार ७४० पर्यटकको आगमन

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष वैशाख महिनामा पछिल्ला तीन वर्षयताकै सबैभन्दा धेरै २९ हजार ७४० पर्यटक आएका छन्। यसमा नेपाली, विदेशी र सार्क देशका पर्यटकको संख्या उल्लेख्य रहेको छ। सामान्यतया चैतपछि घट्ने पर्यटक यो वर्ष भने लामो बिदा, अनुकूल मौसम र नयाँ वर्षको प्रभावका कारण बढेको निकुञ्ज प्रशासनले जनाएको छ।

Read More

हर्क साम्पाङको चेतावनी : निलम्बन भोगेर पनि सरकारलाई संसद्प्रति जवाफदेही बनाउने अडान

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आफूहरू निलम्बन भोग्न पनि तयार रहेको बताएका छन्। संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई प्रश्न सोध्न नदिने गरी सभामुखले रुलिङ गरेको आरोप लगाए। त्यसको विरोध निरन्तर रहने उनको भनाइ छ। साम्पाङले सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा सरकारबाट स्पष्ट

Read More

प्रधानमन्त्रीको संसद् सम्बोधनबारे अझै तालिका तय नभएको रास्वपा महामन्त्रीको भनाइ

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको संसद् सम्बोधन कहिले हुने भन्ने कार्यतालिका अझै तय नभएको बताएका छन्। उनका अनुसार सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्मा उठेका प्रश्नको जवाफ दिने तयारी गरिरहेको छ। प्रधानमन्त्रीको सम्बोधनबारे भने स्पष्ट तालिका नआएको उनले बताएका छन्।

Read More

सत्तापक्षका सांसद निरीह बनेको वर्षमान पुनको टिप्पणी

नेकपा नेता वर्षमान पुनले बजेट छलफलमा सत्तापक्षका सांसदहरू निरीहजस्तो देखिएको बताएका छन्। उनले सांसदहरूले आफ्ना क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको टिप्पणी गरे। पुनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो भएको भन्दै आगामी बजेट फरक र जनमुखी हुनुपर्ने बताएका छन्।

Read More

चिनियाँ नागरिक लुटपाट प्रकरण अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोकको भोटेकोसीस्थित हेली रिसोर्टमा एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरीको अपराध अनुसन्धान टोली पुगेको छ। प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी हार्डडिस्क नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पीडितबाट सुनका गरगहना र नगद लुटिएको आरोप रहेको छ।

Read More

प्रधानन्यायाधीश नियुक्तिमा राजनीति भएको वर्षमान पुनको आरोप

नेकपा सांसद वर्षमान पुनले सरकारले वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति गर्दै न्यायालयमा राजनीति छिराएको आरोप लगाएका छन्। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ८० वर्षको न्यायिक इतिहासमै पहिलोपटक चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइएको भन्दै नियुक्ति प्रक्रियामा हतार गरिएको टिप्पणी गरे।

Read More