Home > राष्ट्रिय समाचार (Page 31)

हुम्ला–बाजुरा सीमा विवाद समाधान गर्न सांसद खनालको सरकारलाई ध्यानाकर्षण

रास्वपा सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रानीसैन क्षेत्रको विवादले स्थानीयको सुरक्षा र विकासमा असर परेको बताए । उनले सीमा क्षेत्रमा अवैध तस्करी र स्थानीय जनप्रतिनिधिमाथि दुव्र्यवहारको घटनाप्रति पनि गम्भीर ध्यान दिन सरकारलाई आग्रह

Read More

प्रधानमन्त्रीमाथि ‘सदनदेखि एलर्जी’ भएको टिप्पणी, कांग्रेस प्रमुख सचेतकको आरोप

नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई संसद् (सदन) प्रति रुचि नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा र संस्थागत मर्यादा भत्काउने काम गरिरहेको आरोप लगाए । उनले सदनको सम्मान र संसदीय अभ्यासलाई कमजोर बनाइँदै गएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

Read More

प्रधानमन्त्रीको जवाफदेहितामाथि हर्क साम्पाङको प्रश्न, मार्ग प्रशस्त गर्न सुझाव

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ ले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिन नसके कर्तव्य पूरा गर्न मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका हुन् । उनले लोकतन्त्र र संसद्को गरिमा जोगाउन सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन् ।

Read More

३०४ सहकारी बचतकर्तालाई रकम फिर्ता

सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । कृषि सहकारी र शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम पाएका हुन् । समितिले चरणबद्ध रूपमा अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने जनाएको छ ।

Read More

कांग्रेस–एमाले–नेकपाबीच नयाँ राजनीतिक सहकार्यको तयारी

नेपाली कांग्रेस, एमाले र नेकपाबीच ‘वाम–डेमोक्रेट’ सहकार्यको गृहकार्य सुरु भएको छ । सरकारका गतिविधिविरुद्ध सडक र सदनमा संयुक्त रूपमा अघि बढ्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको नेताहरूले बताएका छन् । प्रदेश सरकारको नेतृत्व फेरबदलसहित नयाँ राजनीतिक समीकरणबारे पनि कुराकानी भइरहेको जनाइएको छ ।

Read More

३५ सयभन्दा बढी मुद्दामा सम्पत्ति जफत प्रक्रिया तीव्र

सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटसँग सम्बन्धित ३ हजार ४९२ मुद्दामा जफत हुने सम्पत्ति व्यवस्थापनको काम तीव्र बनाएको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन ६ सय ६० युनिटसहित नयाँ सूचना प्रणाली सञ्चालनमा ल्याइने भएको छ । सरकारले विशेष गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ

Read More

८ विश्वविद्यालयका उपकुलपति बन्न २१८ जनाको दौड

देशका ८ विश्वविद्यालयमा उपकुलपति बन्न २१८ जनाले आवेदन दिएका छन्। सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा समान ३८/३८ आकांक्षी देखिएका छन्।

Read More

हरि खेतान क्याम्पस झडपबारे छानबिन समिति गठन गर्न सांसद पन्तको माग

काठमाडौँ – रास्वपा सांसद हरि पन्तले वीरगञ्जस्थित हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले क्याम्पसमा पटक–पटक झडप र जुलुस हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए। उनले क्याम्पसको विधान संशोधनपछि निजीकरणतर्फ उन्मुख भएको आरोप पनि लगाए।

Read More

चितवनका दुग्ध किसान भुक्तानी नपाएर समस्यामा

चितवन – दूध बिक्री सहज भए पनि समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसान समस्यामा परेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार डिडिसी र अन्य उद्योगीसँग करिब ५५ करोड रुपैयाँ भुक्तानी बाँकी छ। सङ्घका अध्यक्ष किशोर बगालेले चार महिनाभन्दा बढी समयदेखि रकम नपाउँदा किसानको दैनिक जीवन प्रभावित भएको बताएका छन्।

Read More

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

काठमाडौँ – पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी, बैंक ग्यारेन्टी वा जेथा जमानतमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। गुप्ता विशेष अदालतको आदेशपछि डिल्लीबजार कारागारमा थुनामा थिए।

Read More