Home > राष्ट्रिय समाचार (Page 33)

महाधिवेशन तयारीमा रास्वपा, केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा खटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनको तयारीका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ। वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउन शीर्ष नेता र सांसदहरू विभिन्न जिल्लामा खटिने भएका छन्। रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।

Read More

थापाथली चोकमा जाम र ट्राफिकसँग विवादपछि सांसद आशिका तामाङको असन्तुष्टि

काठमाडौं — थापाथली चोकमा ट्राफिक लाइट र जामको विषयलाई लिएर विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले असन्तुष्टि जनाएकी छन्। जाममा केही समय रोकिएको आफ्नो गाडी ट्राफिकले जाँच गरेपछि उनी गाडीबाट ओर्लिएर ट्राफिक व्यवस्थाप्रति आपत्ति जनाएकी थिइन्। उनले ट्राफिक प्रहरीलाई समन्वय सुधार गर्न सुझाव दिँदै केहीबेरपछि पुनः गाडी चढेर

Read More

माइतीघरमा न्याय माग्दै सुजन, नवजात शिशुसहित अनशनमा

चितवनका सुजन विक पत्नीको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै काठमाडौँको माइतीघरमा एक सातादेखि आमरण अनशनमा छन्। उनीसँगै नवजात शिशु पनि छन्। उनका अनुसार बकुलहर रत्ननगर अस्पतालमा शल्यक्रियापछि समयमै उपचार नपाउँदा श्रीमती अस्मिता तामाङ विकको मृत्यु भएको हो। अस्पतालले छानबिन समिति गठन गरेको बताएको छ भने नेपाल मेडिकल काउन्सिलले पनि अनुसन्धान

Read More

हुम्ला–बाजुरा सिमानामा प्रहरी चौकी विवाद, झडपमा ५ जना घाइते

काठमाडौँ — हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा विवाद हुँदा दुई जिल्लाका स्थानीयबीच झडप भएको छ। वैशाख ३ गते भएको घटनामा बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटाका ५ जना घाइते भएका छन्। बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णयपछि हुम्लाका स्थानीयले कवारीखोलालाई दुई जिल्लाको सिमाना दाबी गर्दै निर्माणमा अवरोध

Read More

सांसद कार्की प्रकरणमा निष्पक्ष छानबिनको माग

रास्वपा सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले सत्यको पक्षमा उभिन र गलतलाई गलत भन्न नछोड्न आग्रह गरेकी हुन्। कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि उक्त विषय चर्चामा आएको छ।

Read More

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पदमा पोखरेलको नाम सिफारिस गरेको हो। सिफारिसविरुद्ध ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

Read More

नेपाली चिया निर्यातमा राहत, भारतले परीक्षण नियम फिर्ता लियो

भारतले नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण व्यवस्था फिर्ता लिएपछि निर्यात पुनः सहज बनेको छ। तीन सातादेखि रोकिएको व्यापार अब सामान्य रूपमा सञ्चालन हुने भएको हो। पहिले प्रत्येक ट्रकमा परीक्षण र शुल्क तिर्नुपर्ने नियमका कारण निर्यात प्रभावित भएको थियो। नयाँ निर्णयपछि नेपाली चिया व्यवसायी र किसानले राहत पाएका छन्।

Read More

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छिन्। अदालत स्रोतका अनुसार हालैको प्रधान न्यायाधीश नियुक्ति प्रक्रियापछि उत्पन्न परिस्थितिबीच उनले बिदा लिएकी हुन्। यसअघि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल पछिल्लो शपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएकी थिइनन्। सर्वोच्च अदालतले भने उनको बिदा नियमित प्रशासनिक प्रक्रियाअनुसार स्वीकृत

Read More

हर्क साम्पाङको माग- सरकार संसद्प्रति जवाफदेही बनोस्

प्रतिनिधिसभामा विरोध जनाउँदै हर्क साम्पाङले मन्त्रीहरू नियमित उपस्थित नभएको भन्दै सरकारलाई प्रश्नोत्तरका लागि रुलिङ गर्न माग गरेका छन्। माग पूरा नभएसम्म विरोध जारी राख्ने चेतावनी पनि दिएका छन्।

Read More

सदनमा श्रम संस्कृति पार्टीको विरोध, सभामुखको कडा चेतावनी

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले मर्यादा कायम गर्न आग्रह गर्दै व्यवहार सच्याउन चेतावनी दिएका छन्।

Read More