Home > राष्ट्रिय समाचार (Page 62)

संसद् तयारीका लागि कार्यव्यवस्था समितिको बैठक आज

काठमाडौं — डीपी अर्याल ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा आगामी संसद् बैठक र राष्ट्रपतिको सम्बोधनको तयारीबारे छलफल हुने जनाइएको छ।

Read More

कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको सरकारको दाबी

काठमाडौं — सरकारले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु कार्यक्षमता र मुद्दा फर्छ्यौट क्षमताका आधारमा गरिएको जनाएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले न्याय प्रणाली सुधार सरकारको प्राथमिकतामा रहेको भन्दै यो निर्णयलाई सुधारको अभ्यासका रूपमा लिन आग्रह गरेका छन्। उनले न्यायाधीश नियुक्ति प्रक्रियामाथि उठेका बहस र राजनीतिक प्रभावबारे पनि चर्चा भइरहेको बताएका

Read More

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको कडा विरोध

काठमाडौं — हर्क साम्पाङ ले संवैधानिक परिषद्बाट भएको प्रधानन्यायाधीश सिफारिसप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले वरीयता मिचिएको र प्रक्रिया छलिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। साम्पाङले उपसभामुखको भूमिकामाथि समेत टिप्पणी गर्दै निर्णय प्रक्रियामा विधि उल्लंघन भएको दाबी गरेका छन्। उनले यो कदम सुशासन र न्यायिक स्वतन्त्रतामाथि प्रहार भएको बताएका छन् ।

Read More

कम तौलको तेल बिक्री गर्ने उद्योग सञ्चालक पक्राउ

ललितपुर — उपभोक्तालाई ठगी गर्ने उद्देश्यले कम तौलको सूर्यमुखी तेल बिक्री गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रा.लिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीका अनुसार उद्योगबाट बजारमा पठाइएका तेलका प्याकेटमा तोकिएको भन्दा कम परिमाण भेटिएको थियो। गोदावरीस्थित उद्योगबाट ९०५ कार्टुन तेल बरामद गर्दै थप अनुसन्धान अघि बढाइएको छ।

Read More

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारको आकस्मिक बैठक

काठमाडौं — संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेपाल बार एसोसिएसनले साझा धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ। बैठकमा कानुनविद्, संविधानविद् र पूर्वपदाधिकारीसँग छलफल गरी आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी छ।

Read More

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता प्रयास

काठमाडौं — संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको छ। वरिष्ठ अधिवक्ताहरूले दायर गर्न खोजेको रिटमा वरीयता मिचिएको र न्यायिक स्वतन्त्रतामा असर पुगेको दाबी गरिएको छ। यसअघि सर्वोच्चमा बसेको ‘फुल कोर्ट’ बैठकमा पनि सोही विषयमा छलफल भएको थियो। रिटमा कायममुकायम प्रधानन्यायाधीशलाई नियुक्त

Read More

प्रधानन्यायाधीश सिफारिसपछि सर्वोच्चमा पेसी सूची प्रभावित

काठमाडौं — प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको सिफारिसपछि सर्वोच्च अदालतको दैनिक कामकारबाही प्रभावित बनेको छ। शुक्रबार बिहानदेखि पेसी सूची सार्वजनिक हुन नसक्दा सेवाग्राही र कानुन व्यवसायीहरू अलमलमा परेका छन्। न्यायाधीशहरूबीच आन्तरिक छलफल र पेसी व्यवस्थापन प्रक्रिया रोकिँदा अदालतमा अन्योल बढेको जनाइएको छ।

Read More

कांग्रेसका भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन

काठमाडौं — गगन थापा ले कांग्रेसका तीन प्रमुख भ्रातृ संगठनमा नयाँ नेतृत्व नियुक्त गरेका छन्। नेविसंघमा करुणा कटुवाल, तरुण दलमा मनिष कोइराला र महिला संघमा मीना खरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ। उनीहरूलाई महाधिवेशन सम्पन्न गराउने जिम्मा समेत दिइएको जनाइएको छ।

Read More

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति

विराटनगर — हर्क साम्पाङ ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको निर्णयको विरोध गरेका छन्। उनले वरिष्ठता मिचिएको आरोप लगाउँदै सरकारको निर्णयमाथि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन्। चौथो वरियताका न्यायाधीशलाई अघि सारिएको भन्दै उक्त निर्णयपछि न्यायिक वृत्तमा बहस र आलोचना चुलिएको छ।

Read More

मकवानपुरमा भूमिसम्बन्धी २८ हजार बढी निवेदन, अतिक्रमण हटाउने तयारी

हेटौँडा — मकवानपुरमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीबाट २८ हजार ८०१ निवेदन परेका छन्। सबैभन्दा धेरै अव्यवस्थित बसोबासी रहेको तथ्यांक सार्वजनिक गर्दै प्रशासनले सरकारी जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाएको जनाएको छ। हालसम्म ९६० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

Read More