Home > राष्ट्रिय समाचार (Page 61)

रास्वपालाई चेतावनी : असफल भए श्रम संस्कृति पार्टीले जिम्मा लिन्छ – सुदन किराँती

काठमाडौं । श्रम संस्कृति पार्टी प्रवेश गरेका नेता सुदन किराँतीले सत्तारुढ दल रास्वपाले राम्रो काम गर्न नसके देशको जिम्मा आफ्नो पार्टीले लिन तयार रहेको बताएका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनले जनताको आदेशअनुसार आफूहरू एकताबद्ध भएको भन्दै विगतका गल्ती सच्याएर अघि बढ्ने बताए। किराँतीले रास्वपालाई जनादेशअनुसार काम गर्न सुझाव दिँदै असफल भए श्रम

Read More

संवैधानिक सीमा ननाघ्न पूर्वन्यायाधीशहरूको चेतावनी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूको भेलाले संवैधानिक सीमा ननाघ्न सबै निकायलाई चेतावनी दिएको छ। उनीहरूले संविधानको व्याख्या समयमै नभए संवैधानिक व्यवस्था कमजोर हुन सक्ने भन्दै सर्वोच्च अदालतले आवश्यक परे सीमा निर्धारण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। संवैधानिक पदाधिकारीहरू आफ्नो दायरा भित्र रहनुपर्ने, कानुनभन्दा बाहिर गए कुनै पनि कार्यले वैधता नपाउने निष्कर्ष

Read More

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। बागबजारस्थित एक कार्यक्रममार्फत उनलाई पार्टी अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका किराँतीको प्रवेशसँगै श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार गरेको बताइएको छ।

Read More

माइतीघरमा सुकुमबासी मोर्चाको थाल ठटाएर विरोध

काठमाडौं । संयुक्त सुकुमबासी मोर्चा नेपालले वैकल्पिक व्यवस्था बिना हटाइएको आरोप लगाउँदै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। ‘पूर्ण सुकुमबासी, भूमिहीन, अव्यवस्थित बसोबासी एक हौँ’ भन्ने नारासहित गरिएको प्रदर्शनमा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका थिए। मोर्चाले सरकारले घरहरूमा डोजर चलाएर जबरजस्ती उठीबास गराएको आरोप लगाउँदै तत्काल समाधानको माग गरेको छ।

Read More

देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाही गरेको हो। उनीहरूको साथबाट खैरो हेरोइनसहित फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिन जस्ता औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

पश्चिम एसिया द्वन्द्व असरबारे नेपाललाई रणनीतिक प्रतिवेदन

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वले नेपालमा पार्न सक्ने आर्थिक, सामाजिक र सुरक्षा प्रभावबारे तयार पारिएको उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलको प्रतिवेदन सरकारलाई पेस गरिएको छ। पश्चिम एसियामा कार्यरत करिब १८ लाख नेपाली श्रमिकको सुरक्षा प्रमुख जोखिमका रूपमा उल्लेख गरिएको छ। प्रतिवेदनमा संकट व्यवस्थापनका लागि अल्पकालीनदेखि दीर्घकालीनसम्म चरणबद्ध नीतिगत सुझावहरू पनि समेटिएका छन्, जसमा

Read More

कृषि अनुसन्धानलाई बजेट अभाव हुन दिइने छैन : सचिव मिश्र

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका कार्यक्रमका लागि बजेटको अभाव हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्। सचिव मिश्रका अनुसार कृषि अनुसन्धानसम्बन्धी प्रस्तावहरू आएमा सरकारले छिटो बजेट सुनिश्चित गर्नेछ। साथै, मन्त्रालयअन्तर्गतका रिक्त दरबन्दी पूर्ति गर्दै जनशक्ति अभाव हुन नदिने नीतिगत तयारी भइरहेको पनि उनले जानकारी

Read More

सहकारी पीडितलाई सरकारी पैसा बाँडिँदैन : सचिव भुजेल

काठमाडौं — भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले सहकारीपीडितलाई सरकारी कोषबाट सिधै पैसा वितरण गर्न नलागिएको स्पष्ट पारेका छन्। उनका अनुसार बजेटमा छुट्याइएको २५ करोड रुपैयाँ समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि ‘बीउपुँजी’का रूपमा प्रयोग गरिनेछ। सरकारले सहकारी ठगीमा संलग्न व्यक्तिबाट रकम असुल गरेर बचतकर्ताको पैसा फिर्ता गराउने प्रक्रिया अघि बढाएको पनि उनले

Read More

कम्बोडियाबाट उद्धारको अपिल, २११ नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं — कम्बोडियामा समस्यामा परेका २११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूले उद्धार गरी स्वदेश फर्काइदिन आग्रह गरेका छन् भने २७ जना नेपाली विभिन्न कारागारमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार आज २५ जना नेपाली स्वदेश फर्किंदै छन्। मानव तस्करीमार्फत कम्बोडिया पुर्‍याइएका नेपालीहरूलाई अनलाइन स्क्याम सेन्टरमा काम गर्न बाध्य

Read More

राष्ट्रियसभामा एमालेको नयाँ सचेतक रोशनी मेचे

काठमाडौं — नेकपा (एमाले)ले राष्ट्रियसभातर्फ सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल ले मेचेलाई सचेतक नियुक्त गरेका हुन्। मेचे यसअघि प्रधानमन्त्री सचिवालयमा समेत कार्यरत थिइन्।

Read More