Home > अन्तराष्ट्रिय समाचार (Page 18)

पाकिस्तानमा अमेरिका–इरान वार्ता, ट्रम्प मियामीमा ‘यूएफसी फाइट’ हेर्दै

पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरान बीच शान्ति वार्ता भइरहँदा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मियामीमा 'यूएफसी फाइट'को आनन्द लिइरहेका थिए। ट्रम्पसँगै उनका परिवारका सदस्य र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए। इस्लामाबादमा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग वार्ता गर्दै थिए र उनले भने कि ट्रम्पसँग वार्ता भइरहँदा उनी निरन्तर सम्पर्कमा थिए।

Read More

आशा भोसलेको ९२ वर्षमा निधन : पाँच दशकमा २० भाषाका १२ हजार गीतको अद्वितीय यात्रा

भारतीय दिग्गज गायिका आशा भोसको ९२ वर्षको उमेरमा निधन भएको छ। पाँच दशकभन्दा लामो संगीत यात्रामा उनले २० भन्दा बढी भाषामा करिब १२ हजार गीत गाएर संगीत क्षेत्रमा ऐतिहासिक योगदान दिएकी थिइन्। १९४० को दशकबाट सुरु भएको उनको करियरले उनलाई भारतीय संगीतकी सबैभन्दा लोकप्रिय र प्रभावशाली गायिकामध्ये एक बनायो। उनी ‘ग्रामी

Read More

गायिका आशा भोसलेको निधन

एजेन्सी — भारतीय प्रख्यात गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत भोसलेको हृदयाघातपछि आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Read More

लन्डनमा प्रदर्शन: ५०० भन्दा बढी पक्राउ

लन्डनको ट्राफल्गर स्क्वायर मा प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनका क्रममा ५०० भन्दा बढी मानिस पक्राउ परेका छन्। मेट्रोपोलिटन प्रहरीले १८ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरूलाई प्रतिबन्धित समूहप्रति समर्थन जनाएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। ‘डिफेन्ड आवर ज्युरिज’द्वारा आयोजित प्रदर्शनमा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्नुका साथै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज

Read More

भारतमा डुङ्गा दुर्घटना: ११ जनाको मृत्यु, ५ बेपत्ता

भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता रहेका छन्। उत्तर प्रदेशको यमुना नदीमा श्रद्धालु बोकेको डुङ्गा पल्टिँदा घटना भएको हो। दुर्घटनामा २२ जनालाई जिवितै उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ।

Read More

अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट फर्कियो, इरानले कडा प्रतिक्रिया दियो

जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल इरानसँगको २१ घण्टे वार्तामा सहमति नजुटेपछि अमेरिका फर्किएको छ। टोली इस्लामावाद बाट एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेको बताइएको छ। वार्ता असफल भएपछि इरान का विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाई ले अमेरिकाले आफ्ना ‘अत्यधिक माग’ घटाउनुपर्ने बताएका छन्। दुवै पक्षबीच मतभेद कायम रहेकाले अर्को चरणको वार्ताबारे कुनै

Read More

‘वार्ताको नतिजाले चिन्ता छैन’ ट्रम्पको भनाइ

एजेन्सी — डोनाल्ड ट्रम्प ले अमेरिका–इरान वार्ताको नतिजाप्रति आफू चिन्तित नभएको बताएका छन्। ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै उनले अमेरिका कुनै पनि सम्भावित द्वन्द्वका लागि तयार रहेको र सैन्य क्षमतामा अग्रस्थानमा रहेको दाबी गरे। यसैबीच जेडी भान्स ले इस्लामाबादमा भएको वार्तामा कुनै ठोस सहमति नभएको जानकारी दिएका छन्।

Read More

चीनलाई ट्रम्पको कडा चेतावनी

एजेन्सी — डोनाल्ड ट्रम्प ले चीनले इरान लाई हतियार वा हवाई रक्षा प्रणाली पठाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। सञ्चार माध्यमहरूमा चीनले इरानलाई सैन्य सहयोग गर्न सक्ने खबरपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यस्तो कदमले ठूलो समस्या निम्त्याउने स्पष्ट पारे।

Read More

२१ घण्टा लामो अमेरिका–इरान वार्ता निष्कर्षविहीन

इस्लामाबाद — जेडी भान्स ले अमेरिका र इरान बीचको २१ घण्टा लामो वार्ता निष्कर्षमा नपुगेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले इरानले अमेरिकी ‘अटल सर्त’ अर्थात् परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता स्वीकार नगरेकाले सहमति हुन नसकेको बताए। वार्ता असफल भएपछि अमेरिकी टोली पाकिस्तान छोड्ने तयारीमा रहेको जनाइएको छ।

Read More

अमेरिका–इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामाबाद — अमेरिका र इरान बीचको वार्ता हालका लागि स्थगित गरिएको छ। १४ घण्टा लामो छलफलपछि पनि दुवै पक्षबीचका मुख्य मतभेद समाधान हुन सकेनन्। वार्तापछि प्राविधिक टोलीहरूबीच कागजात आदान–प्रदान गर्ने सहमति भएको छ भने वार्ता पुनः कहिले सुरु हुने स्पष्ट छैन। छ हप्तादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको यो वार्ता

Read More