Home > आर्थिक समाचार (Page 16)

सुन–चाँदीको मूल्य घट्यो

काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ३ हजार ६ सय र चाँदी १६५ रुपैयाँले घटेर क्रमशः २ लाख ९४ हजार र ४ हजार ७८० रुपैयाँ प्रतितोला कायम भएको छ। हिजो सुन २ लाख ९७ हजार ६ सय र चाँदी ४ हजार ९४५ रुपैयाँ प्रतितोला थियो।

Read More

राजस्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक बस्दै

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेसहितको उच्चस्तरीय बैठक आज बस्दै छ। बैठकमा गृहमन्त्री, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्। छलफलको मुख्य विषय राजस्व प्रशासन चुस्त बनाउने र चुहावट नियन्त्रण गर्ने हुनेछ। बैठक बिहान ११ बजे एक घण्टाका लागि तय गरिएको छ।

Read More

नेप्सेमा पहिरो, तर कारोबार रकम बढ्यो

काठमाडौं — बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २७७६ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै ओरालो लागेको दिन अधिकांश कम्पनीको सेयर मूल्य घट्यो। उच्च गिरावटबीच पनि कारोबार रकम भने बढेर करिब १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा झन्डै १ अर्ब बढी हो। २५५ कम्पनीको सेयर

Read More

पश्चिम एसियाको युद्धले नेपालमा हवाई भाडा दोब्बर वृद्धि

काठमाडौं – पश्चिम एसियामा जारी युद्धको असर नेपालका आन्तरिक उडानमा परेको छ। हवाई इन्धनको मूल्य ९८% ले बढेपछि काठमाडौं–धनगढी रुटको फ्यूल सर चार्ज एकैपटक ५४८० रुपैयाँले बढेर ११ हजार ९० पुगेको छ। बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार इन्धन मूल्य वृद्धिले सबै प्रमुख रुटमा भाडा बढाएको छ। नयाँ भाडा अनुसार केही

Read More

सुनको मूल्य बढ्दै

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै तोलाको २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ, जुन ३ लाख नजिक पुगेको हो। अघिल्लो दिनभन्दा ७ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ।

Read More

नेप्सेमा दोहोरो अंकको सुधार: १९.७० अंकले बढ्यो बजार

लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेप्से परिसूचक १९.७० अंक (०.६९%) ले बढेर २,८५१.०९ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका १९५ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।९ कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको सेयर कारोबार

Read More

सुन–चाँदीको मूल्यमा भारी वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। छापावाल सुन प्रतितोला ६,७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ भने चाँदी पनि बढेर प्रतितोला ४,८४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा तीव्र उतारचढाव आएको जनाइएको छ।

Read More

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

काठमाडौं — अर्थ मन्त्रालय ले एकैपटक ३० उपसचिवको सरुवा गरेको छ। सरुवा भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य मातहतका निकायहरूमा गरिएको मन्त्रालयले जनाएको छ। केही उपसचिवहरूलाई प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि पठाइएको छ। डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि गरिएको यो पहिलो उपसचिव सरुवा हो।

Read More

सेयर बजारमा पहिरो: ७१ अंकले घट्यो नेप्से

काठमाडौँ – बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा ठूलो गिरावट आएको छ। आइतबार नेप्से सूचक ७१ अंकले घटेर २८७९ विन्दुमा ओर्लिएको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज १५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भयो, जुन अघिल्लो बिहीबारको तुलनामा झण्डै

Read More

सुनको मूल्य नयाँ उचाइमा, तोलामा २.८६ लाख

काठमाडौं । आइतबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो कारोबारभन्दा ५ हजार रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढावले स्थानीय मूल्यमा असर परेको बताइएको छ। यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४,७२० रुपैयाँ पुगेको छ।

Read More