Home > राष्ट्रिय समाचार (Page 135)

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

काठमाडौं — ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। वालेन्द्र शाह नेतृत्वको सरकारले चैत १६ गते असिम शाह को संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा विभिन्न दलका प्रतिनिधि र कानुन सम्बन्धी अधिकारी सदस्य रहेका छन् भने केही

Read More

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको दबाब अभियान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयविरुद्ध चरणबद्ध दबाब अभियान सुरु गरेको छ। महासचिव रामप्रसाद दाहाल का अनुसार सरकारसँगको पहल सफल नभएपछि चैत २५ देखि विभिन्न छलफल र ज्ञापनपत्र कार्यक्रममार्फत दबाब बढाइनेछ। महासंघले उक्त निर्णयलाई स्वतन्त्र पत्रकारिता र निजी मिडियाको हितविरुद्ध भन्दै तत्काल फिर्ता लिन माग गरेको

Read More

गृहमन्त्री गुरुङद्वारा रोशीमा अवैध क्रसर तुरुन्त बन्दको निर्देशन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलामा अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसर उद्योग तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। उनले भने, “नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध उत्खनन् गर्दा बाढी र पहिरोको जोखिम बढ्छ।” २०७८ असोजमा रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्‍याएको थियो।

Read More

वैदेशिक रोजगारी जाने श्रमिकले विमानस्थलमा टिकट र सेवा शुल्क रसिद अनिवार्य देखाउनुपर्ने

काठमाडौं – वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि विदेश जाने श्रमिकले विमानस्थलमा गन्तव्य मुलुकको हवाई टिकट, टिकटको बिल/रसिद र म्यानपावर कम्पनीमार्फत तिरेको सेवा शुल्कको आधिकारिक रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गर्ने जनाएको छ। विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई सेवा शुल्क लिँदा भौचर/रसिद उपलब्ध गराउन निर्देशन दिएको छ। तोकिएका कागजात नल्याए विदेश

Read More

जुनु श्रेष्ठ पुनः स्वास्थ्य बीमा बोर्डमा फर्किन्

काठमाडौं – स्वास्थ्यमन्त्री निशा मेहताले श्रम मन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा पुनः हाजिर हुन दिएकी छन्। जुनु श्रेष्ठ यसअघि ११ पटक बैठकमा अनुपस्थित रहेर निलम्बनमा परेकी थिइन्। स्वास्थ्य बीमा ऐनअनुसार तीन पटक निरन्तर अनुपस्थित सदस्य स्वतः निलम्बन हुने व्यवस्था छ। उनलाई गत वैशाखमै सदस्य पदबाट

Read More

रास्वपा सरकारको कदम विवादमा: ओली–लेखक पक्राउपछि सर्वोच्चको रोक

काठमाडौँ, चैत २४ – गृहमन्त्री सुधन गुरुङले सपथ लिएको २४ घण्टाभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिएको थियो। तर, सर्वोच्च अदालतले सोमबार उनीहरूलाई थुनामुक्त गर्न आदेश दिँदा रास्वपा सरकारको कदम विवादमा परेको छ। नेपाल बार एशोसिएसनले पनि पक्राउलाई पूर्वाग्रही भनेको छ। सरकारको यो कदमपछि सुरक्षा निकायमा उच्च

Read More

सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २४ – सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा रहेका छन्। उनीविरुद्ध पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी ले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी परिसर भक्तपुर का डीएसपी प्रकाश जबेगु का अनुसार तिमल्सेना मंगलबार दिउँसो आफैं उपस्थित भएका हुन् र हाल सोधपुछ जारी छ। उषा र जिपीबीच

Read More

उपसभामुखमा दाबी रहने: नेकपा संयोजक

काठमाडौं, चैत २४ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा कार्य संयोजन समितिको बैठकमा सहभागी हुँदै प्रचण्डले सञ्चारकर्मीहरूलाई भने, “उपसभामुखमा हाम्रो दाबी हुन्छ, तर अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।” उपसभामुख पदका लागि कांग्रेस, श्रम संस्कृति र

Read More

त्रिभुवन विमानस्थलमा जीवनरक्षक एईडी उपकरण जडान

काठमाडौं, चैत २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक स्थानमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ। वडा नं. ९ का वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गर्न सकिने जीवनरक्षक उपकरण हो। काठमाडौं महानगरपालिकाले यस कार्यका लागि हेल्थ एडभान्समेन्ट प्रोग्राम इन

Read More

राष्ट्रिय सभा: ४ समितिमा सभापति निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत चारवटै विषयगत समितिमा सभापति निर्विरोध चयन भएका छन्। सहमति अनुसार कृष्णप्रसाद पौडेल र कृष्णबहादुर रोकाय कांग्रेसबाट, पूजा चौधरी जसपाबाट र जयन्तीदेवी राई कम्युनिस्ट पार्टीबाट सभापति बनेका छन्। दलहरूबीचको सहमतिअनुसार उम्मेदवारी परेपछि सबै जना निर्विरोध चयन भएका हुन्।

Read More