Home > राष्ट्रिय समाचार (Page 150)

संसद् बैठकअघि कांग्रेसको तयारी बैठक

काठमाडौं — प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिंहदरबारमा अलग छलफल गरेको छ। सांसदहरूलाई संसदीय अभ्यास र परम्परा बारे जानकारी दिइएको थियो भने जनसरोकारका मुद्दा प्रभावकारी उठाउने रणनीति तय गरिएको थियो।बैठक आज दिउँसो २ बजे बस्नेछ।

Read More

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन

काठमाडौं — पारस शाहलाई मुटुको समस्याका कारण नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार पुरानो पेसमेकरको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको हो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र २–३ दिनभित्र डिस्चार्ज गर्न सकिने बताइएको छ।

Read More

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

काठमाडौँ — निर्वाचनपछि आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन नगर्ने भएका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता वर्षमान पुनले शुभकामना कार्यक्रमअनुसार मात्र सम्बोधन गर्ने केन्द्रीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

Read More

सरकारी सूचना र विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन हुने

काठमाडौँ — सरकारले अब सबै सरकारी निकायले विज्ञापन र सूचना प्रकाशन–प्रसारण सरकारी सञ्चारमाध्यममार्फत मात्र गर्नुपर्ने निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र जारी गर्दै सार्वजनिक खर्चमा मितव्ययिता, पारदर्शिता र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन सुनिश्चित गर्न यो निर्णय गरेको हो।

Read More

प्रतिनिधिसभा बैठकमा ६ दलका सांसदले सम्बोधन गर्ने

काठमाडौँ — फागुन २१ गतेको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ। बैठकमा ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति

Read More

२७ दिनपछि सुर्खेतकी इनिशाको शव आफन्तले बुझ्दै

सुर्खेत — सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ। फागुन २३ गते मृत अवस्थामा फेला परेकी इनिशा बलात्कारपछि हत्या प्रकरणका चार अभियुक्तहरू बाल सुधार गृह पठाइएपछि कानुनी प्रक्रिया पूरा भएको थियो। शव लामो समयसम्म

Read More

देशभर मनाइँदै हनुमान जन्मजयन्ती

विराटनगर — हनुमान जन्मजयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदै छ। मन्दिरहरूमा भक्तजनको भीड लागेको छ र पूजा–आराधनासहित हनुमान चालिसा पाठ तथा व्रत बस्ने परम्परा निभाइँदै छ। धार्मिक विश्वासअनुसार हनुमानको पूजा गर्दा दुःख, कष्ट र भयबाट मुक्ति मिल्ने मान्यता रहेको छ।

Read More

एसईई सुरु, अब उत्तर पुस्तिका केन्द्रमै जाँच हुने

विराटनगर — राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ। कोशी प्रदेशमा परीक्षा सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भएको छ। यस वर्षदेखि उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै जाँच गरिने नयाँ व्यवस्था लागू गरिएको छ, जसले नतिजा एक महिनाभित्र प्रकाशित गर्ने लक्ष्य राखेको छ। ढिलो नतिजाले विद्यार्थीमा

Read More

बादलको भनाइ: जनमतमा रास्वपा अल्पमतमा

काठमाडौं — रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा अंकगणितीय रूपमा अगाडि भए पनि जनमतका आधारमा अल्पमतमा रहेको बताएका छन्। उनका अनुसार रास्वपाले करिब ४७% मत पाएको र बाँकी मत प्रतिपक्षमा गएकोले जनमतका हिसाबले प्रतिपक्ष बहुमतमा रहेको जिकिर गरे। उनले संसदमा संख्या कम भए पनि जनमतमा प्रतिपक्ष बलियो रहेको दाबी गरे।

Read More

विपद्का लागि २ हेलिकप्टर तयारीमा राखिने

काठमाडौं — सुधन गुरुङ ले विपद् उद्धारका लागि दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा भएको छलफलमा उनले आपत्कालीन अवस्थामा छिटो उद्धारका लागि यस्तो व्यवस्था गरिने जानकारी दिए। उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिँदै नागरिकको ज्यान बचाउन सबै स्रोत परिचालन गर्न जोड दिएका छन्।

Read More