Home > राष्ट्रिय समाचार (Page 22)

संसद् भवन फिल्म हलजस्तो बनेको भन्दै ऐन महरको आलोचना

काठमाडौं — नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले नयाँ संसद् भवन फिल्म हलजस्तो देखिएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हलको सिट र टेबलको डिजाइन कक्षाकोठा र फिल्म हलजस्तो भएको टिप्पणी गरे। उनले ठूलो लगानीमा बनेको भवनलाई संसद् भवनकै स्वरूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

Read More

सगरमाथामा पोखरा एभेन्जर्सको झण्डा फहराइयो, पासाङ काजी शेर्पाको ऐतिहासिक आरोहण

काठमाडौं — नेपाली पर्वतारोही तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गाइड पासाङ काजी शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराएका छन्। मे २३ मा बिहान ३:५० बजे शिखर पुगेका शेर्पाले यो आफ्नो आठौँ सगरमाथा आरोहण भएको बताएका छन्। उनी केटू (K2), चो ओयु र मनास्लु लगायतका उच्च हिमाल

Read More

प्रधानमन्त्रीको माग गर्दै हर्क साम्पाङ सदनबाट बाहिरिए

काठमाडौं — प्रतिनिधिसभा बैठकमा हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई सदनमा उपस्थित गराउन माग गरेका छन्। उनले सभामुखले प्रधानमन्त्री ल्याउन नसके आफूलाई नै सदनबाट निष्कासन गर्न आग्रह गरेका थिए। सभामुखको आग्रहपछि पनि असन्तुष्ट बनेका साम्पाङ अन्ततः बैठक छाडेर बाहिरिएका हुन्।

Read More

ऋणीबाट असुलिएको रकमबाटै सहकारी बचत फिर्ता : समिति

काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी बचत फिर्तामा राज्यकोषको रकम प्रयोग नभएको स्पष्ट पारेको छ। समितिका अनुसार ऋणीबाट असुल गरिएको रकम तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत साना बचतकर्तालाई चरणबद्ध रूपमा बचत फिर्ता भइरहेको छ। हाल समस्याग्रस्त घोषित २० सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई प्राथमिकतामा राखेर रकम वितरण

Read More

आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदै, संसद्का दुवै सदनको बैठक बस्ने

काठमाडौं — सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ। साथै चलचित्र विधेयक, २०८२ र वैकल्पिक विकास वित्त परिचालन

Read More

प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिटमा सर्वोच्चको निर्णय, केही संवैधानिक इजलासमा जाने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सिफारिसविरुद्ध दायर भएका रिटमध्ये दुईवटा रिटमा प्रशासनिक दरपीठ सदर गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले संवैधानिक परिषद्को सिफारिस र नियुक्ति प्रक्रिया पहिले नै सम्पन्न भइसकेको भन्दै ती रिट अगाडि नबढ्ने निर्णय गरेको हो। तर अध्यादेशसँग सम्बन्धित अर्को रिटमा भने दरपीठ आदेशमाथिको विवाद संवैधानिक

Read More

दबाबबीच ओलीको ‘एकता’ सन्देश, हो चि मिन्हको भनाइ उद्धृत

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो दबाबबीच भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हको “एकता, एकता, महाएकता” भनाइ उद्धृत गर्दै नेताहरूलाई एकजुट हुन आह्वान गरेका छन् । सचिवालय बैठकमा ओलीले पार्टी पुनर्गठन र चुनावी समीक्षामा जोड दिएका छन् । बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वमा कार्यदल गठन गरेको

Read More

बजेट कटौतीको तयारी, अधुरा आयोजना सक्न सरकारको जोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विकास निर्माणका मन्त्रालयको बजेट घटाएर अन्तिम चरणमा पुगेका आयोजनालाई प्राथमिकता दिने तयारी गरेको छ । भौतिक पूर्वाधार, ऊर्जा, कृषि र खानेपानी मन्त्रालयको बजेट सिलिङ घटाइएको छ भने रक्षा, गृह, सञ्चार र परराष्ट्र मन्त्रालयको बजेट बढ्ने संकेत देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ आयोजना थप्नेभन्दा

Read More

रवि लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको प्रवक्ता पोखरेलको स्पष्टोक्ति

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भारत भ्रमणसँग सरकार वा प्रधानमन्त्रीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले लामिछाने आफ्नो व्यक्तिगत कार्यक्रमअनुसार भारत जान लागेको भन्दै त्यसलाई राजनीतिक वा सरकारी सहकार्यसँग जोड्न नमिल्ने बताए। प्रवक्ता पोखरेलका

Read More

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई तत्काल पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति लिएपछि क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै देउवा दम्पती सर्वोच्च पुगेका थिए। उनीहरूले जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी गरेका छन्। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द

Read More