Home > राष्ट्रिय समाचार (Page 23)

प्रधानमन्त्री बालेनले ईयू राजदूतहरूसँग मंगलबार सामूहिक छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने उक्त भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

प्रतिनिधिसभा नियमावली मस्यौदामा विवाद, राष्ट्रियसभासँग जोडिएको प्रावधानप्रति प्रश्न

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदामा समावेश केही प्रावधानलाई लिएर संवैधानिक तथा कानुनी विवाद उत्पन्न भएको छ। विशेषगरी संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको मत जोड्ने व्यवस्था राखिएको विषयलाई विज्ञहरूले संविधानविपरीत भन्दै आलोचना गरेका छन्। कानुनविद्हरूका अनुसार दुई सदनको मत जोडेर दुई तिहाइ पुर्‍याउने प्रावधान संसदीय अभ्यास र संविधान दुवैसँग असंगत छ। त्यस्तै,

Read More

कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो क्रियाशील सदस्यता नमानिने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा पुरानो क्रियाशील सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ। पुराना सदस्यहरूलाई नवीकरण प्रक्रियामा समेट्ने व्यवस्था गरिने भएको छ। कांग्रेसले जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै १४औँ महाधिवेशनका आधारमा प्रदान गरिएका सदस्यताहरूलाई पुरानो मानेर नवीकरण प्रक्रियामा लैजान निर्देशन दिएको हो। सदस्यता विवाद समाधान गर्न विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

Read More

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग पत्र दायर

वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन २०६३ र राज्यविरुद्धको कसुरमा सजाय माग गर्दै अभियोग दायर गरेको हो। प्रसाईंलाई केही दिनअघि वीरगन्जको दियालो होटलबाट पक्राउ गरिएको थियो। उनीमाथि सामाजिक सञ्जाल तथा युट्युबमार्फत सेना, प्रहरी, महिला तथा राजनीतिक

Read More

किमाथांकासम्म सडक पुगेपछि हिमाली बस्ती राष्ट्रिय सञ्जालमा जोडियो

संखुवासभा । चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक सञ्जाल विस्तार भएपछि भोटखोला क्षेत्र पहिलो पटक राष्ट्रिय सडक पहुँचमा आएको छ। उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत जोगवनीदेखि किमाथांकासम्म ३५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो। सडक सञ्चालनसँगै स्थानीयमा व्यापार, पर्यटन, स्वास्थ्य र शिक्षामा सहज पहुँच हुने अपेक्षा गरिएको छ।

Read More

उपराष्ट्रपति यादव र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा भएको भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संसद् सञ्चालनलगायत विषयमा छलफल भएको बताइएको छ।

Read More

ईपीएसमार्फत कोरिया जान नपाएका युवाको माइतीघरमा प्रदर्शन

काठमाडौं । ईपीएस अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले रोस्टरको म्याद दुई वर्ष थप गर्न र रोजगारदातासम्म पुनः फाइल पठाउन माग गरेका छन्। उनीहरूले श्रम मन्त्रालयविरुद्ध नाराबाजी समेत गरेका थिए।

Read More

पक्राउ पुर्जी रोक्न देउवाको रिटमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो। देउवाले काठमाडौं जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नभएको दाबी गरेका छन्।

Read More

प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं । डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिट दरपीठ सम्बन्धी निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो। रिट निवेदकहरूले दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बदर गर्न माग गरेका छन्। यता, डा. शर्मा भने प्रधानन्यायाधीशको पदभार सम्हालिसकेका छन्।

Read More

गणतन्त्र दिवसमा राष्ट्रपतिले गर्ने सम्बोधन, प्रधानमन्त्री बालेन नबोल्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्। उनले जेठ १५ गते हुने कार्यक्रममा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन्। यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिएको हो। प्रधानमन्त्री बालेनले हालसम्म संसद् र सार्वजनिक कार्यक्रममा पनि औपचारिक

Read More