Home > राष्ट्रिय समाचार (Page 24)

गोलाप्रथा हटाउने प्रयास भए आन्दोलन गर्ने बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने प्रयास भए आन्दोलन गर्ने चेतावनी दिएको छ। बार अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथाले न्यायिक प्रक्रियालाई पारदर्शी बनाएको भन्दै त्यसलाई हटाउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन्। उनले न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने प्रयासविरुद्ध कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिने स्पष्ट पारे।

Read More

एमाले केन्द्रीय कमिटी बैठक असार १५–२० भित्र बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक असार १५ देखि २० गतेभित्र बस्ने गरी तयारी गरेको छ। सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रारम्भिक सहमति बनेको जानकारी दिएका छन्। बैठकमा पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा र बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। साथै विभिन्न सुधारका लागि समिति गठन गर्ने

Read More

मितेरी सहकारी प्रकरणमा ज्योती गुरुङलाई २१ दिने अदालतको सूचना

काठमाडौं । मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ। अदालतले प्रतिउत्तर र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो। म्यादभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा अघि बढाइने चेतावनी समेत दिइएको छ।

Read More

सरकारविरुद्ध एमालेको ‘भण्डाफोर अभियान’ घोषणा

विराटनगर । नेकपा एमालेले वर्तमान सरकारको कार्यशैली लोकतन्त्रविरोधी भएको आरोप लगाउँदै देशभर ‘भण्डाफोर अभियान’ चलाउने घोषणा गरेको छ। एमाले सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै सडक र सदनबाट सशक्त विरोध गरिने बताएका हुन्। एमालेले सरकारमाथि अध्यादेश दुरुपयोग, न्यायपालिकामा हस्तक्षेप, महँगी नियन्त्रणमा असफलता लगायतका आरोप लगाएको छ।

Read More

एमाले पुनर्गठनका लागि कार्यदल गठनको प्रस्ताव, शेरधन राईको जोड

काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पुनर्गठनको पक्षमा उभिँदै कार्यदल गठनको प्रस्ताव गरेका छन्। आइतबारको सचिवालय बैठकमा राईले हालको निर्वाचन परिणामपछि देखिएको निराशा र अन्योल अन्त्य गर्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्। उनले निर्वाचनको निर्मम समीक्षा गर्दै संगठनलाई पुनर्गठन गर्न सुझाव तथा प्रतिवेदन तयार गर्ने कार्यदल गठन गर्नुपर्ने

Read More

सरकारी कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउने सिफारिस

काठमाडौं । सरकारी कर्मचारीहरूको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको समितिले सरकारलाई सिफारिस गरेको छ। समितिले महँगीलाई आधार मानेर विभिन्न तहका कर्मचारीको तलब पुनरावलोकन गर्न सुझाव दिएको हो। सिफारिसअनुसार मुख्यसचिवको तलब करिब ५६.७१ प्रतिशत र कार्यालय सहयोगीको तलब करिब २७ प्रतिशतसम्म बढ्न सक्छ। हाल चार वर्षदेखि तलब

Read More

साउदीले ६३ नेपालीलाई ‘एक्जिट भिसा’ जारी, यथाशीघ्र स्वदेश फर्कन दूतावासको आग्रह

साउदी अरेबियाले अवैध रूपमा बसोबास गर्दै आएका ६३ नेपालीलाई स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा प्राप्त गरेका नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ। मोबाइलमा भिसा म्यासेज प्राप्त भएकाहरूले एयरपोर्टमै सोही म्यासेज देखाएर यात्रा गर्न सक्ने जनाइएको छ। दूतावासका अनुसार एक्जिट

Read More

सुदूरपश्चिम कांग्रेसको निष्कर्ष : विशेष महाधिवेशनपछिको नेतृत्व असफल, देउवामाथिका आरोप पुनः समीक्षा गर्न माग

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय नेतृत्व जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। धनगढीमा सम्पन्न भेलाले १५औँ महाधिवेशन निष्पक्ष बनाउन तटस्थ निर्वाचन समिति गठन गर्नुपर्ने र पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। भेलाले निवर्तमान सभापति शेरबहादुर देउवामाथि लागेका आरोप–प्रत्यारोपको पुनः समीक्षा गर्न पनि आग्रह गरेको

Read More

नेपाल एयरलाइन्स सञ्चालक नियुक्ति विवाद, प्रक्रिया पारदर्शी भएको मन्त्रालयको दाबी

नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्य नियुक्ति विवादमा तानिएको छ। खुला प्रतिस्पर्धामा सहभागी २७ मध्येबाट मन्त्रीस्तरीय निर्णयमार्फत ५ जनालाई छनोट गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ। उजुरीकर्ताले योग्यता र प्राप्तांक बेवास्ता गर्दै “चलखेल” का आधारमा नियुक्ति गरिएको आरोप लगाएका छन्। तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने सबै

Read More

एमाले सचिवालय बैठकमा धारणा सकियो, ओलीले जवाफ दिन थाले

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूको धारणा राख्ने क्रम सकिएको छ र अहिले अध्यक्षले जवाफ दिन सुरु गरेका छन्। बैठकमा अधिकांश सदस्यहरूले पार्टी पुनर्गठन र समयअनुकूल नेतृत्व परिवर्तनको आवश्यकता उठाए पनि ओलीले नेतृत्व छाड्ने संकेत नदिएको बताइएको छ। अब ओलीको जवाफपछि बैठक निष्कर्षमा पुग्ने तयारी छ।

Read More