Home > राष्ट्रिय समाचार (Page 50)

प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध जारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध कायमै रहेको छ। बुधबार १५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेका हुन्। उनीहरूले नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने र उनको उपस्थितिका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्। विवादका कारण बैठक आज दुई

Read More

नेपाल टेलिकमको नाफा ९.८५% ले बढेर ६ अर्ब २७ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा खुद नाफा करिब १० प्रतिशतले बढाउँदै ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ कमाएको छ। कम्पनीको सञ्चालन आय पनि २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी २८ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। ब्याज आय घटे

Read More

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उनले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। यसअघि सरकारले खारेज गरेका नियुक्तिबाट बाँकी रहेका भट्टले व्यक्तिगत कारण देखाउँदै पद छोडेका हुन्।

Read More

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन्। निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। यसअघि सचिव रहेका हर्कराज राई मंगलबार पदमुक्त भएका थिए।

Read More

नीति तथा कार्यक्रम राष्ट्रियसभामा छलफलका लागि पेस

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रियसभामा पेस गरिएको छ। बुधबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल सुरु भएको हो। यस

Read More

विपक्षीले प्रधानमन्त्रीको अनुहार मात्र हेर्न खोजेका हुन् कि छलफल गर्न ? कविन्द्र बुर्लाकोटीको प्रश्न

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर जारी विवादबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूको अडानमाथि प्रश्न उठाएको छ। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि नीति तथा कार्यक्रममाथि छलफल गर्न सकिने दाबी गरेका छन्। उनका अनुसार संसदीय नियमावलीमा प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने व्यवस्था छैन। उनले विपक्षीले प्रक्रियागत छलफल रोकेर संसद्

Read More

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ। विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले बुधबार बसेको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनमा विधेयकबारे समितिमा भएको छलफल, सुझाव र संशोधन समेटिएको छ। विधेयकले तीनै तहका सरकारलाई मौलिक कला, संस्कृति, भाषा र परम्परासहितका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान,

Read More

प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठकको कार्यसूची र राजनीतिक विवादबीच प्रक्रिया अघि बढाउन नसकेपछि सभामुखले बैठक स्थगन गरेका हुन्।

Read More

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षीको अडान

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको संसद् उपस्थितिको सुनिश्चितता माग गरेका छन्। बुधबार बसेको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीका लागि स्पष्ट रुलिङ गर्न सभामुखसँग आग्रह गरेका हुन्। १५ मिनेट स्थगितपछि सुरु भएको छलफलमा सभामुखले प्रधानमन्त्रीसँग संवाद गरेर प्रक्रिया अघि बढाउने बताएका छन्। सांसद पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको

Read More

प्रधानमन्त्रीलाई रूलिङ गर्न माग

काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव अघि बढाइएको छ। बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीले अवरोध गरेपछि सभामुखको पहलमा दलहरूबीच सहमति जुटाएर बैठक सञ्चालन गरिएको हो। नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको

Read More