Home > राष्ट्रिय समाचार (Page 66)

सुकुमवासी बस्ती हटाउने रिट सुनुवाइ फेरि सरेको छ

काठमाडौं महानगरको सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट बुधबार पनि सुनुवाइ हुन सकेन। महानगरले तयारी नपुगेको भन्दै समय माग गरेपछि मुद्दा एक दिनका लागि सारिएको हो। अब बिहीबार सुनुवाइ हुने भएको छ।

Read More

सगरमाथाबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, कुल आरोहण शुल्क १ अर्ब १७ करोड पुग्यो

सरकारले चालु आरोहण सिजनमा सगरमाथाबाट मात्रै १ अर्ब १ करोडभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागका अनुसार ४७ समूहका ४६४ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन्। यस सिजनमा २९ हिमालमा कुल १ हजार ७२ आरोहीले अनुमति पाएका छन्, जसबाट सरकारले करिब १ अर्ब १७ करोड रुपैयाँ रोयल्टी उठाएको छ। शुल्क

Read More

गगन थापा: गलत तरिकाले सुकुम्वासी बन्नेहरूमाथि कारबाही हुनुपर्छ, तर राज्य क्रूर बन्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति लुकाएर सुकुम्वासी बन्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्। तर भूमिहीन तथा सुकुम्वासीको व्यवस्थापन गर्दा राज्यले क्रूर व्यवहार गर्न नहुने उनको भनाइ छ। संसदीय दलको बैठकपछि उनले नदी किनारका बस्तीबारे पनि वैकल्पिक व्यवस्था अनिवार्य भएको बताए। उनले बुद्ध पूर्णिमाको दिन संरचना भत्काउने वा विद्यालयमा

Read More

डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन घोषणा

विराटनगर — नेपाल बसोबास बस्ती संरक्षण समाजले सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजर अभियानको विरोध गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।समाजले ५ बुँदे माग अघि सार्दै पहिलो चरणमा भेला, प्रदर्शन, राजनीतिक दलसँग छलफल र ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ। माग सम्बोधन नभए दोस्रो चरणमा कडा आन्दोलन गर्ने चेतावनी दिइएको

Read More

दिपक भट्ट र शुलभ अग्रवाललाई मनी लाउण्डरिङ अनुसन्धानमा १२–१२ दिन म्याद थप

व्यवसायी दिपक भट्ट र शुलभ अग्रवालको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका लागि म्याद थप गरिएको छ। विशेष अदालतले भट्टका लागि पाँचौं पटक र अग्रवालका लागि छैटौं पटक १२–१२ दिन म्याद थप गर्ने आदेश दिएको हो। अनुसन्धान जारी रहँदा उनीहरूलाई थप समय हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ।

Read More

नेपाल रेडक्रसको सबै तहको निर्वाचन स्थगित

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीयदेखि स्थानीय तहसम्मको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।केन्द्रीय कार्यालयले परिपत्र जारी गर्दै वैशाख २६ देखि असार २५ गतेसम्म तय गरिएका पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका सबै निर्वाचन कार्यक्रम रोकिएको जनाएको छ।प्रशासनले संस्थागत सुधार, विधान संशोधन, नयाँ

Read More

प्रा. डा. जगदीश अग्रवाल प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

सरकारले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार अग्रवालले कुनै पारिश्रमिक नलिई स्वास्थ्य नीति र सेवा सुधारका विषयमा प्राविधिक सुझाव

Read More

भुसालको बालेनलाई चेतावनी : गल्ती दोहोरिए ओलीजस्तै संकट आउन सक्ने भन्दै सचेत गराए

नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले शक्तिशाली प्रधानमन्त्री भए पनि गल्ती गर्ने छुट नहुने भन्दै यदि कमजोरी दोहोरिए केपी शर्मा ओलीले जस्तै राजनीतिक संकट भोग्नुपर्ने अवस्था आउन सक्ने बताए। भुसालले नेतृत्वले इतिहासबाट नसीक्दा

Read More

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा, अस्पताल पदाधिकारीविहीन

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्ने अध्यादेश जारी भएपछि उनले राजीनामा दिएका हुन्। शर्माले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाउँदै अन्य पदाधिकारीले पनि पद छाडेकाले आफूले पनि राजीनामा दिएको बताएका छन्। “मेरो कार्यकाल धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ,”

Read More

प्रबलजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी उपाध्यक्ष पदमा विजयी भएका हुन्। त्यस्तै एसोसिएटतर्फ महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयनका लागि महासंघमा निर्वाचन सम्पन्न भएको हो।

Read More