Home > राष्ट्रिय समाचार (Page 67)

कांग्रेस नेतृत्वबीच पार्टी एकता गर्ने सहमति, खड्काले स्पष्ट रोडम्याप मागे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता पूर्णबहादुर खड्काबीच पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ। गोल्फुटारस्थित खड्काको निवासमा करिब डेढ घण्टा भएको भेटमा नेताहरूले आन्तरिक विवाद र गुटबन्दी अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउने सहमति गरेका छन्। नेता खड्काले पार्टी अहिले गुटमा विभाजित जस्तो देखिएको

Read More

कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामकारबाहीमा छलफल

काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा जारी छ। बैठकमा सरकारका पछिल्ला गतिविधि र संसद्मा पार्टीको भूमिकाबारे छलफल भइरहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

Read More

ओलीले सुदूरपश्चिमका ११ सांसदसँग गुण्डुमा संसदीय दलको नेता परिवर्तनबारे छलफल गरे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग काठमाडौंको गुण्डुमा सामूहिक छलफल गरेका छन्। प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने विषय उठेपछि ओलीले सांसदहरूको धारणा बुझ्दै आन्तरिक विवाद समाधानबारे छलफल थालेका हुन्।

Read More

बागमतीमा मन्त्रालय घटाइयो, १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने र संरचना चुस्त बनाउने उद्देश्यले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय गरेको छ। यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ। सरकारका अनुसार नयाँ संरचनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आन्तरिक मामिला, आर्थिक मामिला, भौतिक पूर्वाधार, कृषि–वन, स्वास्थ्य, र उद्योग–पर्यटन लगायत ८ मन्त्रालय रहनेछन्। सरकारले

Read More

पूर्वविशिष्ट पदाधिकारीका दोहोरो सुविधा नियन्त्रण गर्न सरकारले विवरण माग्यो

सरकारले राज्यकोषबाट दोहोरो तथा अनावश्यक सुविधा लिने पूर्वविशिष्ट पदाधिकारीमाथि कडा निगरानी थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षले प्रयोग गरिरहेका सवारीसाधन र अन्य सुविधाको विस्तृत विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। हालै गरिएको अध्ययनमा केही पूर्वविशिष्टहरूले कानुनले तोकेको भन्दा बढी वा दोहोरो

Read More

उद्योग वाणिज्य महासंघमा कोशी प्रदेशबाट ८ जना कार्यकारिणी सदस्य निर्वाचित

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा कोशी प्रदेशबाट ८ जना उद्यमी निर्वाचित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ को निर्वाचनमा जिल्लानगर, भूगोल, एसोसिएट र वस्तुगत संघतर्फ कोशीका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्। जिल्लानगर खुलातर्फबाट उदयपुरका प्रयास कार्की, पाँचथरका दीपक नेपाल र दमकका गोकुल श्रेष्ठ विजयी हुनु भएको छ

Read More

डोल्पामा यार्सागुम्बा संकलन खुला, हातहतियार र प्लास्टिक प्रयोगमा कडाइ

डोल्पा — जेठ १० देखि एक महिनासम्म यार्सागुम्बा संकलन खुला गरिने भएको छ। सर्वदलीय बैठकले पाटन खुलाउने निर्णय गर्दै संकलनलाई व्यवस्थित बनाउन कडाइ गर्ने जनाएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार संकलन अवधिभर हातहतियार प्रयोग, प्लास्टिक फोहर फाल्ने, जथाभावी आगो बाल्ने, अवैध औजार प्रयोग गर्ने र तोकिएको स्थानबाहेक टेन्ट राख्न निषेध गरिएको

Read More

इन्द्रचोकको सुनचाँदी पसलमा लुटपाट प्रयास, पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं — काठमाडौँको इन्द्रचोकस्थित सुनचाँदी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इन्द्रचोक भेडासिंहस्थित नैना एन्ड इशान ज्वेलरीमा वैशाख १७ गते भएको घटनामा लुटपाटको प्रयास विफल भएपछि आरोपीहरू फरार भएका थिए। अनुसन्धानपछि पक्राउ परेका तीन जनामध्ये एक जनाको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको

Read More

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको इन्कार

काठमाडौँ — शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा स्पष्ट कसुर नदेखिएको र आवश्यक कानुनी सर्तहरू नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी गर्न नमानेको हो। विभागको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नोटिसका लागि पहल गरिएको थियो। इन्टरपोलले अनुसन्धानको प्रकृति,

Read More

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धार प्रक्रिया सुरु

काठमाडौं — कम्बोडियामा अलपत्र परेका ६३ जना नेपालीको उद्धार प्रक्रिया सुरु भएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावास ले उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी स्वदेश फिर्ती प्रक्रिया अघि बढाएको हो। दूतावासले हालसम्म विवरण प्रमाणीकरण गरी डकुमेन्ट जारी गरेको र बाँकी व्यक्तिहरूको प्रक्रिया पनि छिट्टै पूरा हुने जनाएको छ। साथै,

Read More