Home > राष्ट्रिय समाचार (Page 65)

संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा

संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन्।बैठकको मुख्य एजेन्डा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस रहनेछ। हाल कायममुकायम प्रधानन्यायाधीशले जिम्मेवारी सम्हाल्दै आएका छन्।

Read More

धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे भूकम्पको धक्का महसुस गरिएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस भएको बताइएको छ।

Read More

भारतको नयाँ नियमले नेपाली चिया निर्यात प्रभावित, व्यवसायी भन्छन्– ‘अघोषित नाकाबन्दी’

भारतले नेपाली चियामा नयाँ एसओपी लागू गर्दै प्रत्येक ट्रकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रभावित भएको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक ट्रकको परीक्षणमा अतिरिक्त खर्च र कम्तीमा १४ दिन समय लाग्ने भएकाले व्यवसायी चिन्तित बनेका छन्।व्यवसायीहरूले नेपालकै प्रयोगशाला रिपोर्टलाई मान्यता दिन र प्रक्रिया सहज बनाउन सरकारसँग कूटनीतिक पहलको माग

Read More

तीन दिनपछि खुल्यो बीपी राजमार्ग, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काभ्रेपलाञ्चोकमा बाढीले अवरुद्ध बनाएको बीपी राजमार्ग अस्थायी डाइभर्सन बनाएपछि बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रोशी खोलाको बाढीले सडक बगाएपछि तीन दिनदेखि यातायात प्रभावित भएको थियो।प्रहरीले डाइभर्सन कमजोर रहेकाले वर्षा बढे सडक फेरि अवरुद्ध हुन सक्ने भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

Read More

ट्राफिक नियम तोड्ने २ हजारभन्दा बढी चालक कारबाहीमा, २६ लाख जरिबाना असुल

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ५ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूबाट २६ लाख ६० हजार रुपैयाँ जरिबाना असुल गरिएको हो।

Read More

होल्डिङ सेन्टरमा सुकुमबासीको छिटो व्यवस्थापनको माग

काठमाडौंका खोला किनारबाट हटाइएका सुकुमबासी परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। खाना र बस्ने व्यवस्था भए पनि स्थायी बसोबास, रोजगारी र भविष्यको चिन्ताले उनीहरू तनावमा छन्। होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीहरूले सरकारले तत्काल उचित आवास, नागरिकता र रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

Read More

केदारनाथ धाममा युवाहरूको विशेष प्रार्थना, राष्ट्रिय एकताको सन्देश

भारतको केदारनाथ मन्दिर परिसरमा नेपाली युवाहरूले राष्ट्रिय एकताको सन्देश दिएका छन्। उनीहरूले मन्दिरको अगाडि उभिएर नेपालका झण्डा र विभिन्न व्यक्तित्वहरूको तस्वीरसहितको ब्यानर प्रदर्शन गरेका थिए। युवाहरुले देशको शान्ति, समृद्धि र राजनीतिक स्थिरताको कामना गरेका छन्। उनीहरूले नेपालप्रति प्रेम र ऐक्यबद्धताको भावना व्यक्त गरेका छन् ।

Read More

उच्च पदाधिकारीलाई पक्राउ आदेश दिन सर्वोच्च अस्वीकार, सरकारसँग जवाफ माग

काठमाडौं — सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्रीसहित उच्च पदाधिकारीलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने माग अस्वीकार गरेको छ।संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश दिन नमान्दै सरकारसँग लिखित जवाफ माग गरेको हो।

Read More

अग्रवाल–भट्ट थुनामै रहने, सर्वोच्चले रिट खारेज गर्‍यो

काठमाडौं — सर्वोच्च अदालत ले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थुनामुक्त गर्न अस्वीकार गर्दै बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।दुवैजनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

Read More

निजामती र स्वास्थ्य सेवाका ८ ट्रेड युनियन खारेज

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा र स्वास्थ्य सेवाका ८ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज गरेको छ। विभागका अनुसार २०७३ सालको अध्यादेश र सम्बन्धित ऐनका प्रावधानका आधारमा दर्ता भएका यी युनियनहरू बुधबारको निर्णयमार्फत खारेज गरिएको हो। खारेज हुनेमध्ये निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, मधेसी कर्मचारी तथा स्वास्थ्यकर्मी संगठनहरू सहित विभिन्न

Read More