Home > राष्ट्रिय समाचार (Page 8)

कर हेरफेर विवादमा एमालेको चुनौती– सबै फाइल छानबिन गरौँ

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले करका दर हेरफेरसम्बन्धी विवादमा विगतदेखि हालसम्मका सबै विषय छानबिन गर्न आफूहरू तयार रहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नबाट उम्किन नसक्ने भन्दै उनले निष्पक्ष अनुसन्धानमार्फत सबै तथ्य बाहिर ल्याउनुपर्ने

Read More

सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न– रक्षामन्त्री कहाँ छन् ?

काठमाडौं । सांसद हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि दुर्व्यवहार गरेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले घटनाबारे स्पष्ट जवाफ दिन रक्षामन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गरे। साथै, सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति किन नबढाइएको भन्दै सरकारसँग स्पष्टीकरण मागेका छन्।

Read More

कांग्रेस सांसदको आरोप– सुशासनको नारा, आफ्नालाई संरक्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारा दिए पनि विवादमा परेकालाई संरक्षण र पुरस्कृत गर्ने काम गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरी सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए। उनले सरकार आफैँ न्यायाधीश र आफैँ पुरस्कर्ता बनेको टिप्पणी गर्दै सुशासनका नाममा

Read More

वर्षमान पुनको माग– बजेटका कर हेरफेरबारे संसदीय छानबिन गरियोस्

काठमाडौं । नेकपा सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बजेटमा गरिएको कर हेरफेरबारे छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले करका दर परिवर्तन गर्नु आर्थिक अपराध भएको दाबी गर्दै आफ्नो कार्यकालसहित विगत र वर्तमान सबै बजेटको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन्। साथै उनले

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादी पक्षको बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज पनि सुनुवाइ जारी छ। सरकारी पक्षको बहस सकिएपछि आजबाट प्रतिवादीका कानुन व्यवसायीले आफ्नो पक्ष राख्नेछन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगी गरिएको आरोप रहेको यो बहुचर्चित मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको छ।

Read More

सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवालको बयान सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु भएको छ। उनीहरूसहित ३९ जनाविरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ। हिमालयन रि–इन्स्योरेन्सलगायत कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको हो।

Read More

प्रतिनिधिसभा आज बस्दै, बजेटसम्बन्धी विधेयकसहित महत्वपूर्ण प्रस्ताव पेस हुने

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पेस गर्नेछन्। यस्तै, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का दुई महत्वपूर्ण महासन्धीसम्बन्धी प्रस्ताव पनि संसद्मा पेस गरिने कार्यसूची रहेको छ।

Read More

सरकार र विपक्ष दुवैले संयमता अपनाउनुपर्छ : सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सत्ता पक्षले शक्तिको दुरुपयोग गरी विपक्षलाई दबाउने प्रयास गर्न नहुने बताएकी छन्। उनले नयाँ पुस्ताका नेताहरूलाई इतिहासबाट सिकेर शासन सञ्चालन गर्न सुझाव दिँदै विपक्षी दलले पनि सरकारको अनावश्यक विरोध नगर्नुपर्ने धारणा राखिन्।

Read More

ईपीजी प्रतिवेदन रहेको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण

नेपाल–भारत ईपीजी प्रतिवेदनका नेपाल पक्षीय संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन्। स्वास्थ्य र उमेरको कारण देखाउँदै उनले साँचो परराष्ट्रसचिव अमृतबहादुर राईलाई हस्तान्तरण गरेका हुन्। मन्त्रालयले प्रतिवेदन होइन, त्यसको साँचो मात्र बुझिएको स्पष्ट पारेको छ।

Read More

निर्वाचन आयोगको प्रस्ताव– प्रतिनिधिसभा १०५ सदस्यीय, स्थानीय चुनाव गैरदलीय

निर्वाचन आयोगले संविधान संशोधनका लागि २१ बुँदे सुझाव दिएको छ। आयोगले प्रतिनिधिसभाको सदस्य संख्या २७५ बाट घटाएर १०५ बनाउन, स्थानीय तहको निर्वाचन गैरदलीय गर्न तथा राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन प्रस्ताव गरेको छ। साथै, निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन र प्रदेशमा समानुपातिक प्रणाली हटाउन पनि सुझाव दिइएको छ।

Read More