Home > राष्ट्रिय समाचार (Page 9)

प्रधानमन्त्रीलाई म्यासेज गरेको भन्दै सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्रीलाई मोबाइल म्यासेज पठाएको विषयमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। उपराष्ट्रपति कार्यालयबाट अवकाश नजिक रहेका उनले राजदूत आवेदन प्रक्रिया सम्बन्धमा जिज्ञासा राख्दै प्रधानमन्त्रीलाई म्यासेज पठाएको खुलेको छ। पछि करिब ७ घण्टाको सोधपुछपछि उनलाई कागज गराएर छाडिएको प्रहरीले जनाएको छ।

Read More

वैदेशिक रोजगारी ठगीमा २ जना पक्राउ, २९ लाख २० हजार ठगी खुलासा

काठमाडौं । वैदेशिक रोजगारीको नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आरोपीहरूले फ्रान्स, जर्जिया र माल्टा पठाउने भन्दै युवायुवतीबाट रकम लिएर लामो समयसम्म झुक्याउने र पछि सम्पर्कविहीन हुने गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Read More

रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा अमेरिका–नेपाल साझेदारी, आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। लामिछानेको भारत भ्रमणकै क्रममा उक्त भेट भएको हो, जहाँ

Read More

राप्रपामा असन्तुष्टि बढ्दै, १९३ जनाले पार्टी छाडे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्नेको संख्या १९३ पुगेको छ। डा. धवलशमशेर राणाको नेतृत्वमा पछिल्लो समय थप नेताहरूले राजीनामा दिएपछि संख्या बढेको हो। राजीनामा दिनेहरूले पार्टी नेतृत्वको कमजोरी र आत्मकेन्द्रित कार्यशैलीका कारण असन्तुष्टि बढेको बताएका छन्। विभिन्न तहका केन्द्रीय तथा स्थानीय नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन्।

Read More

परराष्ट्रमन्त्री खनाल आज भारत प्रस्थान हुने, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। भारतका विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा हुने भ्रमणका क्रममा उनले द्विपक्षीय बैठक तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग शिष्टाचार भेट हुने सम्भावना पनि रहेको छ।

Read More

कांग्रेस सदस्यता अद्यावधिक पाँच लाख पुग्ने अनुमान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या करिब पाँच लाख पुग्ने अनुमान गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समिति अनुसार समय थप गरिएसँगै ठूलो संख्यामा अद्यावधिक हुने अपेक्षा गरिएको हो। हाल पार्टीले देशभर अभियान सञ्चालन गर्दै सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेको छ।

Read More

स्वास्थ्य बिमा प्रणाली ‘भद्रगोल’, अस्पताललाई १७ अर्ब बक्यौता

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थापन कमजोर हुँदा प्रणाली जटिल र अव्यवस्थित बनेको छ। निजी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकम करिब १७ अर्ब रुपैयाँ पुगेको छ। प्रक्रिया जटिल, भुक्तानी ढिलाइ र सेवा व्यवस्थापन कमजोर हुँदा बिमित सेवाग्राहीले

Read More

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। भक्तपुर, कैलाली, बाँके, सुनसरी, दाङ, सुर्खेत र कञ्चनपुरबाट पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन तथा अन्य प्रतिबन्धित औषधिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Read More

तराईमा तातो लहरको जोखिम, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा मध्यम तातो लहर चल्न सक्ने जनाएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि तातो दिन रहने सम्भावना रहेको छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने

Read More

दुर्घटनापछि हर्क साम्पाङको स्वास्थ्य सामान्य

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। दुर्घटनामा सामान्य चोटपटक लागे पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। पार्टीका नेता सुदन किराती का अनुसार साम्पाङ अहिले सुधारोन्मुख अवस्थामा छन् र नियमित गतिविधिमा सक्रिय भइसकेका छन्।

Read More