Home > विराटनगर समाचार (Page 3)

पत्रकार सुरक्षादेखि प्रेस स्वतन्त्रतासम्म ११ बुँदे माग

नेपाल पत्रकार महासंघ मोरङ ले वार्षिक साधारणसभाबाट ११ बुँदे घोषणापत्र जारी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यममैत्री नीति बनाउन सरकारसँग माग गरेको छ। घोषणापत्रमा स्थानीय मिडियालाई समानुपातिक विज्ञापन, डिजिटल मिडियाको व्यवस्थापन तथा पत्रकारको तलब–सुविधा सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ।

Read More

बसाइँसराइ रोक्न कोसी सरकारको ‘साना सहर’ योजना

विराटनगर । कोसी प्रदेश सरकारले पहाडी र हिमाली क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्न साना सहर विकास योजना अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्दै न्यूनतम पूर्वाधारसहित दिगो बसोबास सुनिश्चित गर्ने योजना समेटिएको छ। प्रदेश सरकारले अन्तरप्रदेश समन्वय बढाउन मुख्यमन्त्री सम्मेलन

Read More

सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिन पत्रकारलाई आह्वान

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा ले सरकारको मिडियाप्रतिको रवैयाविरुद्ध आन्दोलनमा उत्रिन पत्रकारहरूलाई आह्वान गरेकी छन् । विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी विज्ञापन वितरण नीतिप्रति असन्तुष्टि जनाउँदै सरकार लोकतन्त्र र सञ्चार क्षेत्रमाथि दबाब सिर्जना गर्न खोजिरहेको आरोप लगाइन् ।

Read More

कोसी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

कोसी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ ले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सरकारले जनमुखी योजना र पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्ने विषयलाई प्राथमिकतामा राखेको

Read More

विराटनगरमा भन्सार छलीको प्रोटिन पाउडर बरामद

विराटनगर–७ बाट प्रहरीले भन्सार छली गरेर ल्याइएको प्रोटिन ‘सी’ पाउडर बरामद गरेको छ। घरमा लुकाएर राखिएको अवस्थामा ४४३ बट्टा पाउडर फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य करिब २ लाख २१ हजार रुपैयाँ रहेको छ। प्रहरीले सामान भन्सार कार्यालयमा बुझाएर थप प्रक्रिया अघि बढाएको जनाएको छ।

Read More

विराटनगरमा सट्टेबाजी आशंकामा चार जना पक्राउ

विराटनगरमा सट्टेबाजी गरेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) खेलसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आशंकामा उनीहरू नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

विराटनगर हाटखोलामा अज्ञात महिलाको शव फेला, अनुसन्धान जारी

विराटनगरको हाटखोला क्षेत्रस्थित बसपार्क पछाडि बुधबार बिहान एक महिलाको शव फेला परेको छ। बिहान करिब ८:४५ बजे स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु

कोशी प्रदेशसभाको नवौं अधिवेशन बुधबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठकमा तीनवटा कार्यसूची रहेका छन् ।पहिलो बैठकमा प्रदेश खेलकुद ऐन संशोधन अध्यादेश टेबुल गरिनेछ भने बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने तयारी छ।

Read More

विराटनगरमा दुर्घटना

ग्यास बुलेटको ठक्करबाट विराटनगरमा साइकलमा सवार बाबु–छोरीको ज्यान गएको छ। दुर्घटनापछि स्थानीयको आक्रोश बढ्दा बुलेटमा तोडफोड समेत गरिएको प्रहरीले जनाएको छ।

Read More