Home > विराटनगर समाचार (Page 4)

सीईओ–डीसीईओको तस्बिर राखेर बैंक कर्मचारीले रोजे मृत्यु

काठमाडौं । ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत ४२ वर्षीय पिताम्बर खड्का झापाको दमकस्थित घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृत्यु अघि उनले बैंकका उच्च अधिकारीहरूको तस्बिरसहित फेसबुकमा भावुक टिप्पणी सार्वजनिक गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Read More

साइबर विवादमा मुछिएका विप्लव घोषलाई कोशी खेलकुद बोर्डको सदस्यसचिव बनाइने

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव पदमा विप्लव घोषलाई नियुक्त गर्ने तयारी भइरहेको छ । सत्ता साझेदार एमाले र कांग्रेसबीच उनको नाममा सहमति नजिक पुगेको स्रोतले जनाएको छ । घोष यसअघि सामाजिक सञ्जालमा चरित्रहत्या सम्बन्धी विवादमा प्रहरी नियन्त्रणमा परेका व्यक्ति हुन्, जसले उनको नियुक्तिप्रति प्रश्न उठेको छ । बोर्ड सात

Read More

विराटनगरमा सुकुम्बासी बस्ती हटाउने ‘डोजर अभियान’ विरुद्ध प्रदर्शन

विराटनगर । मोरङका भूमिहीन तथा सुकुम्बासीहरूले बस्तीमा डोजर लगाएर उठिबास गराइएको भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समितिको अगुवाइमा सोमबार गरिएको प्रदर्शनमा उनीहरूले “डोजर आतंक” तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । समितिले विकल्पबिना बस्ती हटाइएको, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको

Read More

विराटनगर महानगरपालिकामा छात्रवृत्ति आवेदन खुला, जेठ १० सम्म अनलाइन फाराम भर्न सकिने

विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको छ। विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा scholarship पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

Read More

सात महिनादेखि नेतृत्वविहीन कोशी खेलकुद बोर्ड

कोशी प्रदेश खेलकुद विकास बोर्ड सात महिनादेखि सदस्यसचिवविहीन हुँदा प्रदेशका खेलकुद गतिविधि प्रभावित बनेका छन्। सत्तारुढ दलहरूबीच भागबन्डा नमिल्दा नेतृत्व नियुक्ति रोकिएको आरोप लागिरहेको छ। यसबीच प्रदेश सरकारले बोर्डको संरचना विस्तार गर्दै १५ सदस्यीय बोर्डलाई २६ सदस्यीय बनाएको छ, जसलाई खेलकुदकर्मीहरूले राजनीतिक पद व्यवस्थापनको प्रयास भन्दै आलोचना गरेका छन्। खेलकुद क्षेत्रका सरोकारवालाले

Read More

ग्रीनक्रस अस्पतालमा मृत महिलाको कानबाट सुन गायब

ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी ४० वर्षीया महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएको छ। मृतकका आफन्तले उपचारअघि कानमा सुन सुरक्षित रहेको दाबी गर्दै ईसीजी गर्ने क्रममा चोरी भएको आशंका गरेका छन्। सुरुमा अस्पताल प्रशासनले इन्कार गरे पनि भिडियो प्रमाणपछि एक तोला सुन बराबरको क्षतिपूर्ति दिएको बताइएको छ। जिल्ला

Read More

५३ प्रतिशत गर्भ अनिच्छित, ७३ प्रतिशतले गर्छन् गर्भपतन

नेपालमा अझै पनि असुरक्षित गर्भपतनका कारण मातृ मृत्यु हुने जोखिम कायम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार ५३ प्रतिशत गर्भ अनिच्छित हुने गरेको र त्यसमध्ये ७३ प्रतिशतले गर्भपतन गर्ने गरेका छन्। तर गर्भपतनमध्ये केवल ४८ प्रतिशत मात्रै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित रूपमा हुने गरेको छ भने

Read More

कोशीमा वन ऐन संशोधन हुँदै, घरसार र काठ बिक्री सहज बनाइने

विराटनगर । कोशी प्रदेश सरकारले वन क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न प्रदेश वन ऐन संशोधनको तयारी अघि बढाएको छ। संशोधनमार्फत घरायसी प्रयोजनका लागि काठ ओसारपसार (घरसार) सहज बनाइने र कानुनी झन्झटका कारण थन्किएका काठ बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने बताइएको छ। सरकारले कोशी नदीका जेटबोट र वन क्षेत्रका होर्डिङ बोर्डबाट पनि राजस्व उठाउने

Read More

नेपाली क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

विराटनगर । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको ४६ वर्षको उमेरमा निधन भएको छ। उनी केही समयदेखि जन्डिस रोगबाट पीडित थिए। विराटनगर निवासी अर्याल विगत दुई दशकदेखि क्रिकेट अम्पायरिङमा सक्रिय थिए। ‘लेभल–वान’ अम्पायरका रूपमा उनले विभिन्न प्रतियोगितामा योगदान दिएका थिए। उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) र कोसी प्रदेश क्रिकेट संघले दुःख व्यक्त

Read More

मन्त्री लिङ्थेपको चेतावनी: अर्थतन्त्र संकटतर्फ, श्रीलङ्का जस्तो अवस्था आउन सक्छ

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले नेपालको अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको भन्दै समयमै सचेत हुनुपर्ने बताएका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको सामान्य सञ्चालन खर्चसमेत राजस्वले धान्न नसक्ने अवस्था आएको र विकास तथा प्रशासन चलाउन विदेशी ऋण तथा आन्तरिक ऋणमा निर्भर हुनुपरेको बताए। उनका अनुसार कर

Read More