Home > विराटनगर समाचार (Page 2)

कोशी अस्पतालमा ब्लड बैंक र चस्मा सेवा सुरु

विराटनगर । कोशी अस्पतालले बिरामीलाई सहज सेवा दिन अस्पताल परिसरमै ब्लड बैंक र चस्मा घर सञ्चालनमा ल्याएको छ । अस्पतालका अनुसार अब रगत सङ्कलन, परीक्षण र भण्डारणको सेवा छिटो हुने भएको छ । साथै आँखा विभागमा आउने सेवाग्राहीका लागि सहुलियत दरमा चस्मा उपलब्ध गराइनेछ । स्वास्थ्य बीमा गरेका बिरामीले एक हजार रुपैयाँसम्मको

Read More

विराटनगरमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा विशेष समारोह आयोजना गर्दै १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने बिहान प्रभातफेरी समेत आयोजना गरिएको थियो ।

Read More

गणतन्त्रलाई थप सुदृढ बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र संस्थागत बनाउनुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले जनताको बलिदानबाट आएको परिवर्तनलाई जोगाउन सबै एकजुट हुनुपर्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध

Read More

कोशी प्रदेशसभा बैठक अवरुद्ध, पूर्वमुख्यमन्त्री राईलाई रोस्ट्रमबाट हटाइयो

विराटनगर । कोशी प्रदेशसभा बैठक बुधबार विपक्षी सांसदहरूले अवरुद्ध गरेका छन्। नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्ने प्रक्रिया नदिइएको आरोप लगाउँदै विपक्षीले आपत्ति जनाएका थिए। सोही क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ पुगेपछि मर्यादापालकले उनलाई नियन्त्रणमा लिएर तल झारेका थिए। विपक्षी दलले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक सञ्चालनमा अवरोध जारी राखेका छन्।

Read More

कोशी प्रदेश लेखा समितिको बैठक आज, बेरुजु र महालेखा प्रतिवेदनमा छलफल

विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ। बैठकमा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, बढ्दो बेरुजु र वित्तीय अनुशासनका विषयमा छलफल हुने कार्यसूची रहेको छ। यससँगै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका विकास आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनमाथि पनि छलफल गरिने सभापति राजन किरातीले बताएका छन्।

Read More

बाढीपहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने कोसी सरकारको निर्णय

विराटनगर । कोसी प्रदेश सरकारले मनसुनजन्य विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन आकस्मिक कोषसहित नयाँ कार्यविधि लागू गरेको छ। पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढीपहिरोबाट क्षति भएपछि सरकारले खोज, उद्धार र राहतका लागि तयारी तीव्र बनाएको जनाएको छ। कार्यविधिअनुसार विपद्मा मृत्यु हुनेका परिवारलाई राहत रकम तथा घर क्षति भएकालाई नगद सहायता उपलब्ध

Read More

कोशी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि आज पनि बहस जारी

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ। गत जेठ ७ गते प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रदेश सभामा लगातार बहस भइरहेको हो।

Read More

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले सर्वसम्मतिले स्वीकृत गरेपछि छलफल अघि बढाइएको हो। छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रमलाई राम्रो भए पनि कार्यान्वयन र बजेट विनियोजनमा ध्यान दिनुपर्ने, सुकुमवासी समस्या समेटिनुपर्ने तथा

Read More

कोशी प्रदेशको आम्दानी–खर्च दुवैमा गिरावट, तीन वर्षकै कमजोर प्रदर्शन

कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट खर्च र आम्दानी दुवै तीन वर्षयताकै कमजोर देखिएको छ। वैशाख मसान्तसम्म कुल खर्च ३६.२९ प्रतिशत मात्र पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय गिरावट हो। प्रदेशले ३६ अर्बभन्दा बढीको बजेट ल्याए पनि पुँजीगत र चालु दुवै खर्च सुस्त देखिएको छ। त्यस्तै, आन्तरिक

Read More

कोसी सरकार फेरबदलमा कांग्रेसको तत्काल रुचि छैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले कोसी प्रदेश सरकार तत्काल नचलाउने बताएका छन्। एमाले, कांग्रेस र नेकपाबीच प्रदेश सरकार हेरफेरबारे संवाद जारी रहेको बताइएको छ।

Read More