Home > स्थानीय समाचार (Page 15)

रुपन्देही बस–माइक्रो ठोक्किँदा दुर्घटना : २ को मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्डमा माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। गणेशनगरस्थित प्रतीक्षालय नजिक भएको दुर्घटनामा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो र नारायणगढबाट आउँदै गरेको ईभी माइक्रो ठोक्किएका थिए। घाइतेमध्ये दुई जनाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको

Read More

मोरङ बेलबारीमा दाजुभाइ पक्राउ, बलात्कार मुद्दामा १७ वर्षभन्दा बढी कैद सजाय

मोरङ। मोरङको बेलबारीबाट बलात्कार मुद्दामा दोषी ठहर भएका दाजुभाइ पक्राउ परेका छन्। उनीहरू १७ वर्षभन्दा बढी कैद सजाय तोकिएपछि लामो समयदेखि फरार थिए। पक्राउ पर्नेमा बेलबारी–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत रहेका छन्। दुवैलाई उच्च अदालत विराटनगरले २०७७ सालमा दोषी ठहर गर्दै १७ वर्ष ५

Read More

कोशी प्रदेशमा बजेट खर्च सुस्त, तीन महिनामा २१ अर्ब खर्च चुनौती

विराटनगर। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा करिब ३१% मात्रै बजेट खर्च गरेको छ। ३२ अर्बभन्दा बढीको संशोधित बजेटमध्ये चैतसम्म ११ अर्ब रुपैयाँ मात्र खर्च हुँदा अब बाँकी तीन महिनामा २१ अर्बभन्दा बढी खर्च गर्नुपर्ने दबाब परेको छ। विकास (पुँजीगत) खर्च झन् कमजोर देखिएको छ भने निर्माण सामग्रीको मूल्यवृद्धि

Read More

मोरङमा फरार चार प्रतिवादी पक्राउ, विभिन्न मुद्दाका दोषी नियन्त्रणमा

मोरङमा चेक बाउन्स, चेक अनादर, किर्ते कागजात र गाली बेइज्जतीसम्बन्धी मुद्दामा सजाय तोकिएका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्। उर्लाबारी, बेलबारी र सिजुवा क्षेत्रबाट पक्राउ परेकामध्ये केहीलाई जरिवाना असुल गरी छोडिएको छ भने कैद सजाय पाएकालाई कारागार पठाइएको प्रहरीले जनाएको छ। सबैलाई अदालतमा पेश गरिएको छ।

Read More

रंगेलीका सामुदायिक विद्यालयको कमजोर नतिजा उजागर, निजी विद्यालय अगाडि

मोरङ । रंगेली नगरपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था गम्भीर रूपमा कमजोर देखिएको छ। कक्षा ८ को नगरस्तरीय परीक्षामा ९४५ मध्ये केवल ४५४ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्, जसले ४८.०४ प्रतिशत नतिजा देखाएको छ। धेरै सामुदायिक विद्यालयमा न्यून उत्तीर्ण दर देखिएको छ भने केहीमा शून्य नतिजासमेत आएको छ। यसले विद्यालयहरूको वास्तविक शैक्षिक अवस्था

Read More

जिउँदै व्यक्तिलाई मृत घोषणा, वडाध्यक्षसहित ४ जना पक्राउ

रूपन्देही । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको घटनामा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा भएको उक्त प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरी नियन्त्रणमा परेका हुन्। यसअघि मुख्य योजनाकार तारिख मियाँ अन्सारी र एक साक्षी पनि पक्राउ परिसकेका थिए भने अन्य केही

Read More

झापामा ८ लाख बराबरको अवैध स्याउ बरामद

झापा । झापाको झापा गाउँपालिका–१ सालमाराबाट प्रहरीले ठूलो परिमाणमा अवैध स्याउ बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले जालिम मियाको घरमा छापा मारेर १०४ कार्टुन स्याउ फेला पारेको हो। बिल–बीजक बिना राखिएको उक्त स्याउ भारततर्फ तस्करी गर्ने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। बरामद स्याउको मूल्य करिब ८ लाख

Read More

मकवानपुरमा दुग्ध किसानको १४ करोडभन्दा बढी भुक्तानी रोकियो

हेटौँडा । मकवानपुरका दुग्ध किसानले उद्योगबाट करिब १४ करोड ३५ लाख रुपैयाँभन्दा बढी भुक्तानी नपाएको पाइएको छ। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार ११ डेरी उद्योगले लामो समयदेखि किसानको रकम रोकेका छन्, जसका कारण सयौँ किसान आर्थिक संकटमा परेका छन्। सबैभन्दा बढी बक्यौता शुभ डेरी र गायत्री डेरी उद्योगमा रहेको बताइएको छ।

Read More

नेपालगन्ज विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सुरु

नेपालगन्ज, १५ वैशाख। नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणद्वारा सञ्चालनमा ल्याइएको यो सेवा विमानस्थलदेखि राँझा चोकसम्म दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउन लक्षित गरिएको हो। विशेषगरी वृद्ध, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र भारी सामान बोकेर यात्रा गर्ने यात्रुहरूलाई ध्यानमा राखी यो सेवा सुरु गरिएको

Read More

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना : कार चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–७ मा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुम्किबासतर्फबाट आएको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको कार एकआपसमा ठोक्किँदा कार चालक गम्भीर घाइते भएका थिए। घाइतेलाई मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ। घटनाबारे प्रहरीले

Read More