Home > स्थानीय समाचार (Page 23)

पूर्वी नाकामा कडाइ, १०० रुपैयाँको सामान ल्याउँदा पनि भन्सार महसुल अनिवार्य

काठमाडौँ, वैशाख ३ – पूर्वी नाका भन्सारमा राजस्व चुहावट नियन्त्रण गर्न कडाइ गरिएपछि अब १०० रुपैयाँका सामान ल्याउँदा पनि भन्सार महसुल अनिवार्य बनाइएको छ। काँकडभिट्टा र विराटनगरका रानी नाकामा भारतीय सीमावर्ती बजारबाट खाद्यवस्तु र घरायसी सामान ल्याउँदा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको हो। सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा नाकामा भन्सार

Read More

कपिलवस्तुमा सुन चोरी र ठगी आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तुमा सुनका गहना चोरी र ठगीमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन्। २० वर्षीया बेबी कसमुल र ४१ वर्षीया सर्वना तौलिहवा र चन्द्रौटाका विभिन्न पसलमा ठगी तथा चोरी गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चन्द्रौटाको एक सुनचाँदी पसलमा गहना किन्ने बहाना बनाएर व्यवसायीलाई अल्मल्याई सुनको झुम्का चोरी गरी

Read More

विनयी खोलामा नयाँ पक्की पुल सञ्चालनमा

नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा २४५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ। नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत बनेको यो पुल शुक्रबारदेखि सञ्चालनमा आउनेछ। दुई वर्षअघि छेउको फलामे पुल भाँचिएपछि यातायात डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको थियो। अब नयाँ पुल सञ्चालनसँगै विशेषगरी वर्षायाममा हुने अवरोध अन्त्य हुने अपेक्षा गरिएको छ। यो पुल जिल्लाकै सबैभन्दा

Read More

बुटवलमा सडकपेटी खाली गराउने अभियान सुरु

बुटवल — बुटवल उपमहानगरपालिका ले सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। बुधबार भुड्कीचोक क्षेत्रमा डोजर चलाएर अवैध संरचना हटाइएको थियो भने बिहीबार बिहानदेखि फुटपाथमा राखिएका सवारीसाधन उठाउने काम जारी छ। नगरपालिकाले केही दिनअघि नै माइकिङमार्फत अतिक्रमण हटाउन आग्रह गरे पनि अटेरी भएपछि कडाइ गरिएको हो। नगरप्रमुख खेलराज पाण्डे का अनुसार

Read More

धनकुटामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका–६ का ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कालीगण्डकी नदीमा बेपत्ता दुई युवाको शव फेला

पाल्पाको बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ। नयाँ वर्ष मनाउन नदी किनार पुगेका बेला पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए। खोजीपछि २९ वर्षीय शिक्षक तोयानाथ बस्याल र ३९ वर्षीय शरण भुसालको शव अलग–अलग स्थानमा फेला परेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय र प्रहरीको

Read More

कोशी प्रदेशमा १३ दुर्घटना, १५ जना घाइते

कोशी प्रदेशमा बुधबार १३ वटा सवारी दुर्घटना भएका छन्, जसमा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबैभन्दा बढी दुर्घटना सुनसरीमा ६ वटा भएका छन्। यस्तै मोरङमा ३, झापामा २ तथा संखुवासभा र ताप्लेजुङमा १–१ दुर्घटना भएका छन्।

Read More

ललितपुरमा साझा बस निःशुल्क चलाउने मेयर महर्जनको प्रस्ताव

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउनको लागि प्रस्ताव अघि सारेका छन्। उनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस प्रकारको योजना ल्याएको जानकारी दिए। महर्जनका अनुसार, तीन महिनासम्म साझा यातायातको खर्च महानगरले व्यहोर्नेछ र त्यसपछि पनि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा यसलाई निःशुल्क राख्नुपर्ने छ।

Read More

मन्त्री नपाएपछि सांसदको राजीनामा

द्रोणकुमार कुँवर ले मन्त्री बन्न नपाएको असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। बागलुङ क्षेत्र नं. २ (२) बाट निर्वाचित कुँवरले सभामुख कृष्णप्रसाद धिताल लाई इमेलमार्फत राजीनामा पठाएका हुन्। गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलभित्र असन्तुष्टि देखिएको छ।

Read More

हेटौंडामा घरमै राहदानी सेवा सुरु

मकवानपुरमा राहदानी अब घरमै पुग्ने सेवा सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुलाकमार्फत हेटौंडा उपमहानगर क्षेत्रमा पहिलोपटक राहदानी घरमै वितरण गरिएको हो। सुरुवातका रूपमा केही राहदानी घर–घरमा पुर्‍याइएका छन् भने पहिलो चरणमा करिब ५०० राहदानी वितरण गर्ने योजना रहेको छ। यस सेवाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै समय र श्रम बचत

Read More