Home > अन्तराष्ट्रिय समाचार (Page 13)

प्रत्यक्षमा नजितेका क्षेत्रमा रास्वपाको रणनीति: समानुपातिक सांसदलाई जिम्मेवारी (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेको क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला र निर्वाचन क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्णय कार्यान्वयनमा ल्याइँदैछ। रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सीट जितेको

Read More

दीपक भट्ट धितोपत्र काण्ड: शेखर गोल्छासहित उच्च प्रोफाइल व्यक्ति र संस्थामाथि कारबाही सिफारिस

दीपक भट्ट संलग्न धितोपत्र प्रकरणमा उद्योगपति शेखर गोल्छा समेत तानिएका छन्। छानबिन समितिले गरेको अनुसन्धानअनुसार भट्टसँग सम्बन्धित धितोपत्र कारोबारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो। समितिले दीपक भट्टसँगै भृकुटी स्टकका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई मुख्य दोषी ठहर गरेको छ। साथै शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि आरोपी बनाइएको छ। अनुसन्धानका

Read More

मलेसियाको सबाहमा भीषण आगलागी, १ हजार घर नष्ट

एजेन्सी । मलेसियाको सबाह राज्यको सान्दाकान जिल्लामा भएको भीषण आगलागीमा करिब १ हजार घर जलेर नष्ट भएका छन् भने ९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। आगलागी आइतबार राति पानीमाथि बनाइएका काठका बस्ती (वाटर भिलेज) बाट सुरु भएको बताइएको छ। तीव्र हावा र घना बस्तीका कारण आगो छिटो फैलिएको थियो। स्थानीय अधिकारीका

Read More

अमेरिका–इरान वार्ता अनिश्चित, तनाव कम गर्न कूटनीतिक प्रयासको आह्वान

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको तनाव कम गर्न कूटनीतिक मार्ग अपनाउनुपर्ने बताएका छन्। तर इरान र अमेरिकाबीचको आगामी वार्ता अमेरिकाको कडा नीति र पछिल्लो घटनाक्रमका कारण अनिश्चित बनेको छ। स्ट्रेट अफ हर्मुज नजिक अमेरिकी सेनाले इरानी पानीजहाज नियन्त्रणमा लिएपछि दुई देशबीचको तनाव झनै बढेको छ। इरानभित्र पनि राजनीतिक नेतृत्व र सेनाबीच

Read More

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको उत्तरी भागमा सोमबार साँझ ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तीन मिटरसम्म अग्लो सुनामीको चेतावनी जारी गरेको छ। इवाटे प्रान्तको प्रशान्त महासागर किनारमा केन्द्रित भूकम्पको धक्का टोकियोसम्म महसुस गरिएको थियो। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई उच्च भूभागमा जान आग्रह गरेका छन्। जापान सरकारको संकट व्यवस्थापन टोलीले

Read More

क्लस्टर बमयुक्त मिसाइल परीक्षण, उत्तर कोरियाको दाबी

काठमाडौं — उत्तर कोरियाले क्लस्टर बमयुक्त वारहेड जडित ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको जनाएको छ। सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो परीक्षण यस महिनाकै चौथो हो। परीक्षणमा नेता किम जोङ उनले अवलोकन गरेका थिए र नतिजाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। करिब १३५ किलोमिटर दूरीमा प्रक्षेपण गरिएका मिसाइलमार्फत क्लस्टर वारहेडको क्षमता परीक्षण गरिएको

Read More

अस्ट्रियामा बेबी फुडमा विष भेटियो, बजारबाट फिर्ता

काठमाडौं । अस्ट्रियामा लोकप्रिय बेबी फुड ब्रान्ड ‘हिप’का जारमा मुसा मार्ने विष फेला परेपछि उत्पादन बजारबाट फिर्ता गरिएको छ। बर्गेनल्यान्ड क्षेत्रमा एक ग्राहकको गुनासोपछि गरिएको परीक्षणमा १९० ग्राम गाजर–आलु स्वादको जारमा विषाक्त पदार्थ पुष्टि भएको प्रहरीले जनाएको छ। सावधानीस्वरूप १५ सयभन्दा बढी सुपरमार्केटबाट उक्त उत्पादन फिर्ता मगाइएको छ। यस्तै जार चेक गणतन्त्र

Read More

ओमान सागरमा तनाव: इरानद्वारा अमेरिकी जहाजमा ड्रोन हमला दाबी

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकाका सैन्य जहाजहरूलाई लक्षित गर्दै ओमान सागरमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यो घटना स्ट्रेट अफ हर्मुज नजिक अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि भएको हो। इरानले यसलाई प्रतिकारस्वरूप गरिएको जनाएको छ। दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्, जसले क्षेत्रमा तनाव थप बढाएको

Read More

लुइजियानामा गोलीकाण्ड: ८ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको लुइजियानास्थित श्रेवेपोर्टमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ। मृतकहरू १ देखि १४ वर्ष उमेर समूहका रहेका छन्। प्रहरीका अनुसार घरेलु विवादका कारण एक आक्रमणकारीले १० जनामाथि गोली चलाएका थिए। पछि प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ। मेयर टाम आर्सेनोले घटनालाई सहरकै सबैभन्दा दुःखद घटनामध्ये एक भएको बताएका

Read More

उत्तर कोरियाको मिसाइल परीक्षणपछि कोरियाली क्षेत्रमा तनाव

काठमाडौं — उत्तर कोरिया ले एकसाथ छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव फेरि बढेको छ। दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू पूर्वी समुद्री क्षेत्रमा खसेका थिए। यसपछि दक्षिण कोरिया ले अमेरिका र जापानसँग सुरक्षा समन्वय बढाएको छ। संयुक्त राष्ट्रसंघ सम्बद्ध निकायले उत्तर कोरियाको आणविक क्षमता तीव्र रूपमा बढिरहेको चेतावनी दिइरहेका

Read More