Home > खेलकुद समाचार (Page 18)

१५ वर्षमै ऐतिहासिक शतक : रुवान्डाकी किशोरीको कीर्तिमान

काठमाडौं — फ्यानी उटागुशिमानिन्दे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्। नाइजेरियाको लागोसमा घानाविरुद्ध उनले ६५ बलमा नटआउट १११ रन बनाउँदै १५ वर्ष २२३ दिनमै कीर्तिमान कायम गरिन्। यससँगै उनी डेब्यु खेलमै शतक बनाउने पहिलो खेलाडीसमेत बनेकी छन्। खेलमा रुवान्डाले घानालाई १२२ रनले पराजित गर्‍यो।

Read More

रंगशाला विवादले नेपाल–हङकङ खेल स्थगित

काठमाडौं — नेपाल र हङकङबीच चैत १२ मा तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ ले राष्ट्रिय खेलकुद परिषद ले दशरथ रंगशाला प्रयोग गर्न अनुमति नदिएको जनाएको छ। एन्फाका अनुसार खेलका लागि आवश्यक फ्लडलाइट, स्कोरबोर्ड लगायत पूर्वाधार उपलब्ध नगराइएकाले खेल रोकिएको हो। संघले समर्थकसँग माफी माग्दै विवादका

Read More

महिला राष्ट्रिय लिग तीन दिनका लागि स्थगित: एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय लिगका खेल तीन दिनका लागि स्थगित गरेको छ। बुधबारबाट सुरु भएको लिगमा हालसम्म चार खेल भइसकेका छन्। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले अध्यागमन विभागको पत्रपछि स्थगित गर्नुपर्ने भएको बताए र आगामी योजना छलफलपछि तय हुने जानकारी दिए। अध्यागमन विभागले पर्यटकीय भिसामा

Read More

कर्णाली टोलीको प्रधानमन्त्री कप सहभागिताका लागि बिदाइ

वीरेन्द्रनगर — चैत ७ देखि हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशको टोलीलाई बिहीबार बिदाइ गरिएको छ। कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले खेलाडीलाई उच्च मनोबल र अनुशासनका साथ मैदानमा उत्रिन प्रेरित गर्दै सफलताको शुभकामना दिए। टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान बनाउने विश्वास

Read More

काठमाडौं — एन्फा राष्ट्रिय लिग स्थगित

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्म स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लिग अनिश्चितकालका लागि रोकेको जानकारी दिएको हो। स्थगितसँगै बिहीबारका सबै खेल पनि रद्द भएका छन्। लिगमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, भगवती क्लब, प्लानिङ ब्वाइज युनाइटेड, संकटा एफसी,

Read More

राशिद–भुर्तेलको अर्धशतकमा पुलिस क्लबले जय ट्रफी उपाधि रक्षा

काठमाडौं — नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ। पुलिसले आर्मीले दिएको २२७ रनको लक्ष्य तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गरेको हो। राशिद खानले सर्वाधिक ८१ र कुशल भुर्तेलले ५१ रन बनाए। बलिङमा सागर ढकालले

Read More

पर्यटक भिसाका विदेशी खेलाडीलाई लिगमा खेलाउन नदिन एन्फालाई निर्देशन

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि फुटबल प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ। केही क्लबहरूले पर्यटक भिसामा आएका खेलाडीलाई लिगमा खेलाएको उजुरीपछि विभागले यस्तो कदम चालेको हो। अध्यागमन नियमावली, २०५१ अनुसार भिसाको उद्देश्य बाहिरका गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था

Read More

पुलिसलाई जय ट्रफीको उपाधि जित्न २२७ रनको लक्ष्य

काठमाडौं — नेपाल पुलिस क्लबलाई जय ट्रफीको उपाधि जित्न त्रिभुवन आर्मी क्लबले २२७ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा जारी फाइनलमा आर्मीले दोस्रो इनिङ्समा २२६ रन बनाएको हो। पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए। अब उपाधि जित्न पुलिसले २२७ रन बनाउनुपर्नेछ।

Read More

एन्फा महिला लिग : एनआरटीलाई हराउँदै सङ्कटा विजयी

काठमाडौँ — शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा सङ्कटा क्लबले एनआरटीलाई ४–० ले हराउँदै विजयी शुरुआत गरेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाका लागि सुक्रिया मिया, विन थेङ्गी टुन, लुसिया लिला जोस र क्वीनबेल अकोसुआ अमनक्राहले गोल गरे। प्रतियोगितामा ९ टोली सहभागी छन् र लिग वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

Read More

सन्दीपले इयू टी–२० लिग रेड लायन्सबाट खेल्ने

काठमाडौं — नेपाली स्पिनर सन्दीप लामिछाने बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्। उनलाई लिइज रेड लायन्सले ड्राफ्टअघि नै टोलीमा अनुबन्ध गरेको हो। क्लबले सन्दीपलाई “मिस्ट्री स्पिनर” भन्दै स्वागत गर्दै नयाँ सिजनमा टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ। प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।

Read More