Home > राष्ट्रिय समाचार (Page 39)

बिहेभोजको खर्च बचाएर टोलमा सडकबत्ती

मङ्गला गाउँपालिका–२ को कोत्रवाङका नवदम्पती प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजको खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्। उनीहरूले व्यक्तिगत खर्चमा १७ वटा सडकबत्ती, तार र आवश्यक सामग्री उपलब्ध गराएका हुन्। बत्ती जडानपछि राति हिँडडुल सहज हुनुका साथै चितुवालगायत वन्यजन्तुको आवतजावत पनि घटेको स्थानीयले बताएका छन्। स्वचालित सडकबत्ती जडान भएपछि

Read More

एमाले सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बस्दैछ। दिउँसो १ बजे हुने बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहेको बताइएको छ। ११औँ महाधिवेशनपछि जिम्मेवारी बाँडफाँट हुन नसकेकाले आज त्यसबारे निर्णय हुने सम्भावना छ। बैठकमा केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाउने, विभाग तथा निकायमा जिम्मेवारी तोक्ने

Read More

केन्द्रीय कारागारबाट फरार सपना तामाङ पक्राउ

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति काठमाडौंको न्युरोडबाट पक्राउ गरेको हो। एसएसपी सन्तोष खड्का का अनुसार तामाङ लुकीछिपी बसेको अवस्थामा फेला परेकी थिइन्। २५ वर्षीया सपना तामाङ शनिबार राति कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। कडा सुरक्षा र २४ घण्टा

Read More

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी दर्ता

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन्। समितिले उजुरी दर्ताका लागि दिएको समय सोमबारसम्म कायम रहेको छ। संवैधानिक परिषद्को सिफारिसपछि समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमतामाथि सुनुवाइ तथा छानबिन गर्ने व्यवस्था छ। उजुरीमाथि छलफलपछि डा. शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने जनाइएको छ।

Read More

युवा स्वरोजगार कोषको ६७ करोड रुपैयाँ कर्जा उठेन

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ को अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको ६७ करोडभन्दा बढी कर्जा असुल हुन बाँकी रहेको छ। कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थामार्फत लगानी गरिएको ऋणमध्ये साँवा, ब्याज र हर्जनासहित ठूलो रकम उठ्न सकेको छैन। नियमअनुसार समयमा किस्ता नतिरे अतिरिक्त ब्याज लाग्ने व्यवस्था भए

Read More

एमालेसँगै सम्भव छ अर्थपूर्ण वाम एकता : प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्डले अर्थपूर्ण र परिणाममुखी कम्युनिस्ट एकता नेकपा एमालेसँगै सम्भव हुने बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनावपछि वाम आन्दोलन कमजोर बनेको उल्लेख गर्दै एकताको आवश्यकता महसुस गरिएको बताए। विभिन्न वामपन्थी समूहसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जनाउँदै उनले तत्काल पार्टी एकता सम्भव नभए पनि सहकार्य र विश्वासको आधारमा

Read More

कांग्रेसलाई एकताबद्ध बनाउने गगन थापाको प्रतिबद्धता

काठमाडौं, जेठ ३, २०८३ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीभित्र बाहिरिएका सबै नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले १४औँ महाधिवेशनपछि बाहिर रहेका नेताहरूलाई पनि सम्मानपूर्वक केन्द्रीय समितिमा समावेश गर्न चाहेको बताए। आवश्यक परे वरिष्ठ नेताको रूपमा समेत जिम्मेवारी दिन सकिने उनको भनाइ छ। थापाले असन्तुष्ट पक्षलाई संवादमार्फत

Read More

युवाको अपेक्षा पूरा गर्न संविधान संशोधन आवश्यक: कांग्रेस उपसभापति शर्मा

काठमाडौं, जेठ ३, २०८३ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले युवापुस्ताको भावना र बदलिँदो समयअनुसार संविधान संशोधन आवश्यक रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र स्थिर भविष्यका लागि संविधानलाई समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिए। शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने

Read More

सरकार विधिको होइन, व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप: कांग्रेस नेता महर

काठमाडौं, जेठ ३, २०८३ — नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको आरोप लगाएका छन्। स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा गरेको छलफलमा उनले सम्पत्ति छानबिन आयोगको कार्यादेश पूर्वाग्रही र चयनात्मक देखिएको दाबी गरे। महरका अनुसार आयोगलाई निष्पक्ष अनुसन्धानभन्दा पनि सरकारसँग असहमति राख्ने व्यक्तिहरूलाई लक्षित गर्ने

Read More

राप्रपामा नेतृत्व विस्तार, मुख्यसचिवमा प्रा.डा. खनाल नियुक्त

काठमाडौं, जेठ ३, २०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार खनाललाई मुख्यसचिवमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका व्यक्ति हुन्। हाल उनी राप्रपाको केन्द्रीय सदस्य तथा प्राज्ञिक परिषद्का अध्यक्ष पनि रहेका

Read More