Home > राष्ट्रिय समाचार (Page 55)

पुराना दलले विद्यालयलाई ‘कार्यकर्ता उत्पादन केन्द्र’ बनाए : पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पुराना राजनीतिक दलले विद्यालयलाई कार्यकर्ता उत्पादन गर्ने माध्यम बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विद्यालयको उद्देश्य सक्षम नागरिक उत्पादन गर्नु भए पनि विगतमा त्यसलाई दलीय प्रभावमा पारिएको टिप्पणी गरे। पराजुलीले अबको लक्ष्य दलीयकरण हटाएर दक्ष नागरिक र सक्षम प्रशासनिक संरचना निर्माण

Read More

‘सुकुम्वासी बस्ती हटाउने शैली पञ्चायतकालीन जस्तो’ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्वासी बस्ती हटाउने सरकारी शैली पञ्चायती शासनकालको झल्को दिने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले डोजर प्रयोग गरी गरिब तथा सुकुम्वासीमाथि कठोर व्यवहार गरेको भन्दै आपत्ति जनाए। प्रचण्डका अनुसार नीति तथा कार्यक्रममा पनि दलित, आदिवासी जनजाति, महिला, मधेसी र पिछडिएको समुदायको विषय

Read More

प्रधानमन्त्रीको मर्यादाबारे प्रचण्डको टिप्पणी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको मर्यादित व्यवहार आवश्यक रहेको भन्दै संसद्को गरिमामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले मर्यादा पालना नगरे संसद्को सम्मान कमजोर हुने बताएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठक छोडेर बाहिरिएको घटनाप्रति पनि उनले टिप्पणी गरेका छन्।

Read More

विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताएका छन्। संसद्मा सम्बोधन गर्दै उनले सरकारका कदम पञ्चायती शैलीतर्फ उन्मुख भएको टिप्पणी गरे। प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासमाथिको अपमान भएको उल्लेख गर्दै सुधार आवश्यक भए पनि आवाज थुन्न नहुने बताए। उनले ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास

Read More

सही र गलतको बहस आवश्यक, पुराना र नयाँको होइन : दाहाल

काठमाडौं — नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले राजनीति पुराना र नयाँको नभई सही र गलतको विषय भएको उल्लेख गरे। दाहालले रास्वपासँग अघिल्लो संसद्मा राम्रो सहकार्य भएको स्मरण गर्दै सुशासन, सेवा प्रवाह सुधार, ललिता

Read More

अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची । पाणिनी गाउँपालिका–८ कुँडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। झ१ख ५०४ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको हो। घाइतेहरूलाई उद्धार गरी अर्घाखाँची जिल्ला अस्पताल र पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

Read More

संसद्मा सबैको प्रवेश आफ्नै जस्तो लाग्छ : प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जोसुकै प्रवेश गरे पनि आफ्नै प्रवेशजस्तो अनुभूति हुने टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघर्ष र आन्दोलनको परिणामस्वरूप उत्पीडित समुदायले संसद्मा स्थान पाएको बताएका छन्। उनले आफ्नो राजनीतिक संघर्षको स्मरण गर्दै वर्तमान संसद् परिवर्तनको परिणाम भएको पनि उल्लेख गरे।

Read More

प्रधानमन्त्रीको व्यवहारबारे आङ्देम्बेको कडा टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनुलाई असामान्य भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो व्यवहारले गलत सन्देश गएको र संसदीय मर्यादामाथि प्रश्न उठेको बताए। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कारण भए तत्काल जानकारी दिन सरकारसँग माग गर्दै सभामुखको भूमिकामाथि

Read More

सुकुम्बासी तुलना विवादमा रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । सुकुम्बासी अवस्थालाई हिटलरको ग्यास चेम्बरसँग तुलना गरिएको अभिव्यक्तिप्रति सांसद सुशान्त वैदिकले नियमापत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो तुलना असंसदीय, असंवेदनशील र ऐतिहासिक नरसंहारप्रति अपमानजनक भएको टिप्पणी गरे। उनले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन पनि माग गरेका छन्।

Read More

सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा कांग्रेस सांसद यादवको आपत्ति

काठमाडौं । सांसद रेखा कुमारी यादवले सुकुम्बासी बस्तीमा राज्यले बिना तयारी डोजर चलाएको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गरिब र कमजोर नागरिकमाथि राज्यको व्यवहार संविधानविपरीत भएको आरोप लगाइन्। उनले आवासको मौलिक हकको उल्लंघन गर्दै प्रिमनसुनको समयमा बस्ती हटाउँदा नागरिक बिचल्लीमा परेको टिप्पणी गरिन्।

Read More