सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ
काठमाडौं । महिलाको सुनको सिक्री लुट्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट र सोलुखुम्बुका १९ देखि ४४ वर्षका आरोपीहरूलाई पैयुँटारबाट पक्राउ गरिएको हो। उनीहरूले मोटरसाइकल प्रयोग गरी विभिन्न स्थानमा महिलाको सिक्री थुतेर लुटपाट गरेको आरोप छ। प्रहरीले उनीहरूको साथबाट सुनसहित केही हतियारसमेत बरामद गरेको जनाएको छ।
Read More
