Home > स्थानीय समाचार (Page 2)

अत्यधिक गर्मीका कारण बर्दिबासका विद्यालय दुई दिन बन्द

महोत्तरी । बढ्दो गर्मीका कारण बर्दिबास नगरपालिकाले नगरभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै बिहीबार र शुक्रबार सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा बिदा दिएको हो। पछिल्ला दिनहरूमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास पुगेपछि जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण केही दिनअघि

Read More

प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ

झापा, जेठ २० — दमकस्थित रतुवा खोलामा बोराभित्र फेला परेकी रमा तिवारीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका युवक मृतकका प्रेमी तथा लागूऔषध प्रयोगकर्ता हुन्। उनी सुधार केन्द्रबाट बाहिरिएलगत्तै घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Read More

पोखरामा जमिन भासिँदा स्थानीय त्रसित

काठमाडौं । मनसुन अगावै पोखराको नदीपुर क्षेत्रमा जमिन भासिएको छ । शुक्रबार बिहान सडकसँगै घरको आँगन र केही भाग भासिँदा ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् । जमिन भासिँदा खानेपानी पाइप समेत फुटेको छ । घटनापछि स्थानीय त्रसित बनेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थल निरीक्षण गर्दै जोखिम न्यूनीकरणका लागि

Read More

अर्थ मन्त्रालयको विवादले मधेसमा मन्त्रिपरिषद् विस्तार रोकियो

जनकपुरधाम । सत्तारुढ दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा परेको छ। नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयमा दाबी गरेपछि कांग्रेस र एमालेबीच मतभेद देखिएको हो। कांग्रेस अर्थ मन्त्रालय दिन सकारात्मक देखिए पनि एमालेले मुख्यमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुपर्ने अडान राखेको छ। मन्त्रालयको संख्या र जिम्मेवारीमा सहमति

Read More

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, मन्त्रालय घटाइनेदेखि डिजिटल अभियानसम्म योजना

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै मन्त्रालयको संख्या १२ बाट घटाएर ८ बनाउने घोषणा गरेको छ। साथै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल सेवा प्रवाहलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम

Read More

फिर्के खोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु

कास्की । पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। आइतबारदेखि डोजर चलाएर खोलाघरमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन थालिएको हो। महानगरले अतिक्रमण हटाएपछि फिर्के करिडोर परियोजना अघि बढाउने जनाएको छ। परियोजनाअन्तर्गत पदमार्ग, साइकल लेन, हरियाली क्षेत्र र सार्वजनिक खुला स्थान निर्माण गर्ने योजना रहेको छ।

Read More

मोरङ कांग्रेसद्वारा सदस्यता अद्यावधिक समिति गठन

विराटनगर । नेपाली कांग्रेस मोरङले पार्टी संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रहरूमा सदस्यता अद्यावधिक समिति गठन गरेको छ। केन्द्रीय निर्देशनअनुसार क्षेत्र नं. २, ३, ४, ५ र ६ मा समिति गठन गरिएको हो र कार्य सम्पन्न गर्ने समयसीमा जेठ २१ गतेसम्म तोकिएको छ। पार्टीका अनुसार स्थानीय कार्यकर्तासँगको परामर्श र केन्द्रीय

Read More

सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ सित्खास्थित सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार नुहाउने क्रममा डुबेका ९ वर्षीय सफल मगर र १० वर्षीय युकेश विकको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयले एक बालकको शव नदी किनारबाट निकालेका थिए भने अर्को शव विपद् व्यवस्थापन टोलीले नदीभित्रबाट फेला पारेको प्रहरीले जनाएको छ।

Read More

टिकटकमार्फत लागुऔषधविरुद्ध अभियान, मोरङ प्रहरीले घोषणा गर्‍यो प्रतियोगिता

जिल्ला प्रहरी कार्यालय मोरङ ले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिइनेछ। प्रतियोगिता जेठ मसान्तसम्म खुला रहनेछ भने युवालाई सामाजिक सञ्जालमार्फत सकारात्मक अभियानमा जोड्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ।

Read More

नक्कली सुन देखाएर वृद्धवृद्धालाई लुट्ने गिरोहका सदस्य पक्राउ

मोरङमा सुनजस्तो देखिने पहेँलो धातु देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कनकाई–९ का धकलबहादुर थिङ रहेका छन्। उनले बेलबारीकी ७८ वर्षीया महिलाबाट सुनको सिक्री लुटेको आरोप छ। बसबाट घर फर्किँदै गरेकी पीडितलाई ‘यूकेबाट ल्याएको सुन’ भन्दै नक्कली धातु देखाएर प्रलोभनमा पारी लुटपाट

Read More