Home > स्थानीय समाचार (Page 28)

गौतमबुद्ध विमानस्थलमा पूर्ण आपतकालीन उद्धार अभ्यास सम्पन्न

भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्ण आपतकालीन उद्धार अभ्यास गरिएको छ। अभ्यासमा विमान दुर्घटना भएको कल्पना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार र अस्पतालसम्म पुर्‍याउने कार्य गरिएको थियो। सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्य संस्था र विभिन्न सरोकारवाला निकायको संयुक्त सहभागिता रहेको थियो। विमानस्थलका अनुसार यस्ता अभ्यासले आपतकालीन अवस्थामा समन्वय र उद्धार क्षमतालाई प्रभावकारी बनाउने

Read More

कोशी प्रदेशमा सार्वजनिक यातायात भाडा वृद्धि

कोशी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छ। सङ्घीय सरकारको निर्णयअनुसार अन्तरप्रदेश रुटमा चल्ने सवारीसाधनको भाडा वृद्धि गरिएको हो। नयाँ दरअनुसार स्थानीय बस स्ट्यान्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरिएको छ। यसअघि निर्धारण गरिएको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरिएको यातायात व्यवसायीहरूले जनाएका छन्।

Read More

कार्यालय सहयोगी कुटपिट प्रकरणमा सिरहा मेयरविरुद्ध पक्राउ पुर्जी

सिरहा — कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सोमबार बिहान हाजिरीकै क्रममा ५० वर्षीय रामशरण यादवमाथि कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ। घाइतेको उपचार भइरहेको छ भने प्रहरीले मेयरको खोजी गरिरहेको जनाएको छ।

Read More

उदयपुर र सुनसरीबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ — उदयपुरको कटारी र सुनसरीको हरिनगरा गाउँपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। उदयपुरका ३७ वर्षीय टेकबहादुर मगरको साथबाट ६ किलो लागुऔषध र सुनसरीका २१ वर्षीय अबजल अन्सारीको साथबाट ५ हजार ट्रामाडोल ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।

Read More

आठराई त्रिवेणीले आइतबार बिदा नदिने, कार्यालय बिहान १० बजे खुल्ने

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाले संघीय सरकारले सातामा दुई दिन शनिबार–आइतबार बिदा दिने निर्णय लागू नहुने जनाएको छ। गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुका अनुसार, बुधबार बसेको ६० औं कार्यपालिका बैठकले कार्यालय बिहान १० बजे खोल्ने र आइतबार पनि बिदा नहुने निर्णय गरेको छ। पोमुले भने, “सेवाग्राही बिहान ढिला आउँछन् र कर्मचारीले पनि

Read More

दुई दिनमै थन्काइयो– लुम्बिनीका विद्युतीय बस

लुम्बिनी विकास कोषका लागि पाँच वर्षअघि ल्याइएका पाँच विद्युतीय बसहरू सञ्चालनमा ल्याउन नसकिँदा अहिले भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणमा थन्किएका छन्। प्रधानमन्त्री कार्यालयको निर्देशनमा दुई दिन मात्र सञ्चालनमा आएको बसहरू बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रुटमा चलेका थिए। कानुनी, प्रशासनिक, जनशक्ति र कार्यविधि समस्याका कारण नियमित सञ्चालन हुन सकेको छैन। पर्यटक सुविधाका लागि ल्याइएका यी

Read More

असनमा नयाँ वर्षदेखि हरेक शनिबार सवारी निषेध: काठमाडौं महानगरको निर्णय

काठमाडौं — नयाँ वर्षदेखि काठमाडौंको असन क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेश निषेध हुनेछ। काठमाडौं महानगरपालिकाले असनको प्राचीनता र सांस्कृतिक महत्व जोगाउन, सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन ५ बैशाखदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। पहिले २८ चैतदेखि सुरु गर्ने तयारी थियो, तर तयारी पूर्ण नभएको कारण कार्यक्रम एक

Read More

इटहरीमा निःशुल्क आँखा शिविर सम्पन्न, २३७ जनाले सेवा लिए

इटहरी, वैशाख २५ — सुनसरीको इटहरी–३ स्थित बिशाल मैदा मिल प्रा.लि. परिसरमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राउण्ड टेबल नेपालको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल सँगको सहकार्यमा सम्पन्न उक्त शिविर ६ घण्टासम्म सञ्चालन गरिएको थियो। शिविरमा कुल २३७ जना स्थानीयले आँखा जाँच तथा परामर्श सेवा लिएका थिए। कार्यक्रममा अनुभवी

Read More

मणिग्राम क्यासिनोमा जुवा खेल्ने ६ नेपाली पक्राउ

भैरहवा – रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जुवा खेलिरहेको आरोपमा ६ नेपाली नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार सर्लाहीका मुकेशकुमार श्रेष्ठ र ललितपुरका अजय केसी जुवा खेलाउने आरोपमा, बुटवलका गोविन्द शर्मा, वासुदेव गौतम, कृष्ण गौतम र चन्द्रप्रसाद श्रेष्ठ जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। क्यासिनोबाट करिब २ लाख २० हजार रुपैयाँ

Read More

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु

काठमाडौँ– ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट झापाका दाजुभाइ सुमित (३३) र सिर्जन नेम्बाङ (२६) घाइते भएका थिए, जो राती अस्पतालमा मृत्यु भएका छन्। प्रहरीका अनुसार विवाद गलत नम्बरमा फोन गएको कारण सुरु भएको थियो। घटनामा संलग्न ललितपुर–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई पक्राउ गरिएको छ।

Read More