Home > राष्ट्रिय समाचार (Page 45)

उपत्यकामा ट्राफिक कारबाहीबाट एकैदिन झन्डै २० लाख राजस्व संकलन

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४४ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट १९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसे, तीव्र गति, ट्राफिक बत्ती उल्लङ्घन, अवैध राइड सेयरिङ, लेन अनुशासन उल्लङ्घनलगायतका कसुरमा चालकहरूलाई कारबाही गरिएको प्रहरीले

Read More

अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन डोजर चल्यो

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सडक, वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरिएको छ। शुक्रबार बिहानदेखि ३ नम्बर पुल आसपासका घरटहरा र पुराना संरचना भत्काउने काम थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी परिचालन गरिएको

Read More

प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय परम्पराको सम्मान गर्न नसकेको आरोप लगाए। उनले नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएर प्रधानमन्त्रीले जनताको सार्वभौम सदनको अपमान गरेको दाबी गरेका छन्। साम्पाङले प्रधानमन्त्री

Read More

कार्यालयमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग, विभाग तथा सरकारी निकायहरूलाई अनावश्यक रूपमा नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयअन्तर्गत सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी व्यवस्थापन शाखाबाट जारी परिपत्रमा कार्यालयहरूमा प्रयोग भइरहेका कुर्सी, टेबल, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री मर्मत गरेर सञ्चालन गर्न

Read More

त्रिविको निमित्त उपकुलपति बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई निमित्त उपकुलपति तोकेका हुन्। उपकुलपति छनोटका लागि सिफारिस समिति गठन भई आवेदन प्रक्रिया अघि बढिसकेको छ।

Read More

सरकारले निजी क्षेत्रलाई त्रसित बनाइरहेको छ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि डर र त्रास सिर्जना गर्ने व्यवहार गरिरहेको आरोप लगाएका छन्। पोखरामा आयोजित कार्यक्रममा उनले नियम र कानुनभन्दा बाहिर गएर सरकारले मनपरी ढंगले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रहरीमार्फत नियन्त्रणमा लिने प्रवृत्ति बढेको बताए। थापाले सीमा क्षेत्रमा कडाइका कारण सर्वसाधारणले दैनिक जीवनमै समस्या भोग्नुपरेको उल्लेख

Read More

अध्यादेशविरुद्ध कांग्रेस–एमाले एकै मोर्चामा, प्रदेश सरकार यथावत् राख्ने सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारहरूमा रहेको वर्तमान गठबन्धन कायम राख्ने र सरकारले ल्याएका अध्यादेशको संयुक्त रूपमा प्रतिवाद गर्ने सहमति गरेका छन्। दुई दलका शीर्ष नेताबीच भएको छलफलपछि सडक र सदन दुवै ठाउँमा एकैसाथ अघि बढ्ने समझदारी बनेको हो। आवश्यक परे केही प्रदेशमा नेतृत्व फेरबदल भए

Read More

जनताको अवस्था फेरिएन : सांसद प्रेमबहादुर बयक

काठमाडौं । सांसद प्रेमबहादुर बयकले कुनै पनि आन्दोलन वा परिवर्तनपछि पनि जनताको अवस्था सुधार हुन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बिहीबार बोल्दै उनले नीति तथा कार्यक्रममा सहिद र घाइतेको पीडा पर्याप्त रूपमा नसमेटिएको बताए। कैलालीका एक घटनाको उदाहरण दिँदै उनले न्याय माग्ने परिवार अझै पीडामा रहेको उल्लेख गरे। बयकले आफू पनि युद्धमा

Read More

नीति तथा कार्यक्रममा विपक्षीका सुझाव समेट्न रञ्जु दर्शनाको आग्रह

काठमाडौं । सांसद रञ्जु न्यौपाने ‘दर्शना’ले सरकारलाई नीति तथा कार्यक्रममा विपक्षी दलका न्यायोचित सुझाव समेट्न आग्रह गरेकी छन्। प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले सरकार र विपक्षबीचको सुझाव आदान–प्रदानलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्। विपक्षीका घोषणापत्र र सुझावहरू समेत नीति निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो। दर्शनाले विगतका नीति तथा कार्यक्रमहरू पनि आलोचनात्मक

Read More

प्रधानमन्त्री अनुपस्थित हुँदा अन्तर्राष्ट्रिय छवि बिग्रने चिन्ता : महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको अनुपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउने प्रयास भइरहेको तर सफल नभएको बताए। यस्तो अवस्था अन्तर्राष्ट्रिय मिडियामा पुगे देशको छविमा असर पर्न सक्ने उनको भनाइ थियो। पुनले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय ख्याति

Read More