Home > राष्ट्रिय समाचार (Page 60)

वर्षा र पहिरोले कोशीसहितका राजमार्ग अवरुद्ध

कोशी प्रदेशमा लगातारको वर्षा र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। उदयपुर, भोजपुर र संखुवासभाका सडकहरू कतै पूर्ण रूपमा बन्द र कतै एकतर्फी सञ्चालनमा रहेका छन्। सिद्धिचरण लोकमार्ग उदयपुरको दलदलेमा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, भोजपुरको बोखिम र संखुवासभाको कोशी राजमार्गमा पहिरोले आवागमन आंशिक रूपमा मात्र खुला

Read More

बस दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट विराटनगर जाँदै गरेको बस मिथिला नगरपालिका–९ फुटबल ग्राउण्ड नजिक दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएका छन्। अन्य बसलाई उछिन्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। ३३ यात्रु सवार बसमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

Read More

सगरमाथा आरोहणमा नयाँ रेकर्ड, यस वर्ष सबैभन्दा धेरैलाई अनुमति

काठमाडौं । सन् २०२६ को बसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै ४९२ जनाले अनुमति प्राप्त गर्दै नयाँ रेकर्ड बनेको छ। पर्यटन विभागका अनुसार मार्च १ देखि मे ८ सम्म ५० टोलीका ४९२ आरोहीले अनुमति लिएका हुन्, जसमा १०५ महिला र ३८७ पुरुष छन्। यसअघि सन् २०२३ मा ४७८ जनाले अनुमति लिएको

Read More

समानुपातिक चुनाव खर्च सार्वजनिक, रास्वपा सबैभन्दा अगाडि

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको चुनावी खर्च विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार सबैभन्दा धेरै खर्च राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ, जसले करिब २ करोड ११ लाख रुपैयाँ खर्च गरेको देखिएको छ। नेपाली कांग्रेसले करिब १ करोड ९६ लाख रुपैयाँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले

Read More

सुकुम्वासी बस्तीमा सरकारको ‘बर्बरता’ : गगन थापाको आरोप, प्रतिवादको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्वासी बस्तीमाथि बर्बरतापूर्वक कारबाही गरेको आरोप लगाएका छन्। सानेपास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको कदमलाई क्रूर र अमानवीय भन्दै प्रतिपक्षी नेता–कार्यकर्तालाई यसको प्रतिवाद गर्न निर्देशन दिए। थापाले बल प्रयोग गर्दा पनि राज्यले नागरिकको पीडा र न्यायलाई बेवास्ता गरेको आरोप लगाए। उनले संसदमा तथ्य

Read More

सुदन किराँतीको आरोप : रास्वपा अलोकतान्त्रिक दिशातर्फ गयो

काठमाडौं । श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार र केही राजनीतिक दलहरूमा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको टिप्पणी गरे। किराँतीले पुराना दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव रहेको दाबी गर्दै आफूले त्यसै कारण

Read More

बढी शुल्क लिने विद्यालयमाथि कारबाही स्थानीय तहले गर्ने : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विद्यालयले बढी शुल्क लिएको विषयमा कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल्ने विद्यालयलाई स्थानीय तहले नै नियमन र कारबाही गर्नुपर्ने स्पष्ट पारे। संघीय सरकार आवश्यक परे सहयोग गर्न तयार भए पनि मुख्य दायित्व

Read More

छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको आपत्ति, स्तरोन्नतिको माग

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण जनाएको छ। रास्वपा सिरहाले भन्सार कार्यालय हटाउनुको सट्टा यसलाई आधुनिक र सुविधासम्पन्न संरचनामा विकास गर्न सरकारसँग माग गरेको छ। पार्टीले सीमा व्यापार र स्थानीय आवश्यकतालाई ध्यानमा राख्नुपर्ने जनाएको छ। यद्यपि, रास्वपाले आन्दोलन वा प्रदर्शन नगरी संयमित

Read More

पदमुक्त हुनुअघि परिषद् अध्यक्षद्वारा २१ जनाको नियुक्ति, विवाद चुलियो

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले पदमुक्त हुनुअघि २१ जनाको नियुक्ति गरेपछि विवाद उत्पन्न भएको छ। साहले बुहारी प्रियंका महासेठसहित नायव सुब्बा, लेखापाल, इन्जिनियर, खरिदार, चालक र कार्यालय सहयोगीसहित विभिन्न पदमा नियुक्ति गरेका हुन्। सरकारले केही दिनअघि परिषद्को राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष साहले

Read More

तनहुँमा सुकुम्बासी पहिचान र अतिक्रमित जग्गा छानबिन सुरु

तनहुँ । जिल्ला प्रशासन कार्यालयले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विवरण संकलन र वास्तविक सुकुम्बासी पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकपछि यो अभियान अघि बढाइएको हो। यस अन्तर्गत अतिक्रमित जग्गामा बसोबास गर्ने परिवारमध्ये वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्ने योजना रहेको प्रशासनले जनाएको

Read More