बिर्तामोड डान्सबारमा झगडा, २ घाइते र ३ पक्राउ
झापाको बिर्तामोडस्थित डान्सबारमा युवाहरूबीच भएको झगडामा दुईजना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
