Home > स्थानीय समाचार (Page 34)

भरतपुरमा बर्डफ्लुको प्रकोप: १९ हजार कुखुरा नष्ट

चितवन, चैत १६ — भरतपुर महानगरपालिका-४ को एक व्यावसायिक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि ठूलो संख्यामा कुखुरा र दाना नष्ट गरिएको छ। रोग अन्यत्र फैलिन नदिन पशु सेवा कार्यालयले 'किलिङ' अप्रेशन चलाएको हो। चैत १२ गते लेयर्स कुखुरा फार्ममा बर्डफ्लु फेला परेको थियो। आइतबारसम्म १७ हजार ९५० लेयर्स र ९१३ लोकल

Read More

संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु

संखुवासभा, १३ चैत। संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक पाँच शैय्याबाट डायलाइसिस सेवा सुरु गरिएको छ। मिर्गौला रोगीलाई अब जिल्लामै निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुने भएको छ। पहिलोपटक खाँदबारी–९ की ४८ वर्षीया सशु कुमारी श्रेष्ठलाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। यसअघि बिरामीहरूलाई उपचारका लागि विराटनगर, धरान वा काठमाडौं जानुपर्ने बाध्यता थियो। सेवा

Read More

धरानमा गाँजासहित दुई जना पक्राउ

विराटनगर। धरानबाट मोटरसाइकलमा सवार दुई जनासँग १७ किलो गाँजा बरामद गरी पक्राउ गरिएको छ। धनकुटाको साँगुरीगढी–८ का १९ वर्षीय शिखर राई र विश्व राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर लागुऔषध ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ।

Read More

कोशी प्रदेश सरकारले सार्वजनिक विदा र अन्य निर्णयहरू तोकेको छ

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८३ सालका लागि सार्वजनिक विदा, प्रदेश भवन नियमावली २०८२, वित्तीय समानीकरण अनुदान र सवारी कर बाँडफाँड लगायत निर्णय गरेको छ। प्रदेशभर सार्वजनिक विदामा सिरुवा (वैशाख २), कोजाग्रत पूर्णिमा (कार्तिक ८), फाल्गुनन्द जयन्ती (कार्तिक २५), र छठ पर्व समापन (कार्तिक ३०) समावेश छन्। झापा, मोरङ, सुनसरी

Read More

कैलालीमा प्रहरीले ७० लिटरभन्दा बढी घरेलु म*दिरा नष्ट

कैलालीको घोडाघोडी नगरपालिकामा प्रहरीले करिब ७० लिटर अवै*ध घरेलु म*दिरा बरामद गरी नष्ट गरेको छ। लाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले छापा मारेर मदिरा नियन्त्रणमा लिएको थियो।

Read More

कोशीमा बर्डफ्लु: ५५ हजार कुखुरा नष्ट, पोल्ट्रि व्यवसाय संकटमा

कोशी प्रदेशमा फैलिएको बर्डफ्लु संक्रमणका कारण झापा, मोरङ र सुनसरीका १२ पोल्ट्रि फार्ममा करिब ५५ हजार कुखुरा नष्ट गरिएको छ। साथै ठूलो मात्रामा अण्डा, दाना र अन्य सामग्री पनि नष्ट गरिएको छ। संक्रमण उर्लाबारी र सुन्दरहरैंचाबाट सुरु भई अन्य क्षेत्रमा फैलिएको हो। नियन्त्रणका लागि सरकारी टोली परिचालन गरिएको भए पनि जोखिम

Read More

कानेपोखरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा ५८ वर्षीय वीरेन्द्र कार्की गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक निष्कर्ष छ।

Read More

मुक्तिनाथ मन्दिरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने

मुस्ताङ — हिन्दू र बौद्ध धर्मालम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुन लागेको छ। मुक्तिनाथ विकास समितिले पुरातत्व विभागमा पेश गरेको आठ योजनामध्ये चार योजना स्वीकृतको अन्तिम चरणमा पुगेको छ। यी योजनामा ड्रेस चेन्जिङ हल, सार्वजनिक शौचालय, नयाँ परिक्रमा पथ र १०८ धारा मर्मत तथा स्तरोन्नति समावेश छन्। स्वीकृति

Read More

मकवानपुरमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, चालक घाइते

हेटौंडा — कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री बोकेको ट्रक अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२

Read More

नुवाकोटमा पहिरो : एकको मृत्यु, एक्स्काभेटर चालक बेपत्ता

नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा बुधबार दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो। सडक निर्माणमा संलग्न ललितपुरका २४ वर्षीय एक्स्काभेटर चालक अमृत तामाङ भने पहिरोमा पुरिएर बेपत्ता छन्। उनको

Read More