Home > स्थानीय समाचार (Page 35)

धरान मा किशोरी अपहरण र बला*त्कार आरोपमा चालक पक्राउ

सुनसरी – धरानस्थित चारकोशे जंगलमा एक किशोरीलाई अपहरण गरी बला*त्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार रोशनबहादुर विश्वकर्मा ले यात्राका क्रममा किशोरीलाई जंगल लगेर कुटपिटसहित बला*त्कार गरेको आरोप लागेको छ। घटनापछि पीडितको जाहेरीका आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Read More

गुल्मी मा टिप्परको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मी – टिप्परको ठक्करबाट गम्भीर घाइते ९२ वर्षीया धनि बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको छ। तम्घास–रिडी सडकखण्डमा भएको दुर्घटनामा उनी पैदल हिँडिरहेको अवस्थामा ठक्कर लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक र टिप्पर नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

भद्रपुर मा आमा कुट्ने छोरा पक्राउ

झापा – भद्रपुर–८ मा ७९ वर्षीया चन्द्रमाया घिमिरे लाई कुटपिट गर्ने उनका छोरा यशिस घिमिरे पक्राउ परेका छन्। प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। घटनापछि घाइते आमाको उपचार भइरहेको छ भने आरोपीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

इटहरी मा क्याफेमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

इटहरी – सुनसरीको इटहरी–६ स्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ। आगलागीको कारण खुल्न नसकेको अवस्थामा वरपरका घरहरू जोखिममा परेका छन्। प्रहरीका अनुसार आगो नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् भने थप विवरण आउन बाँकी छ।

Read More

बझाङमा कागजमै बनेको सडक, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बझाङ को बित्थडचिर गाउँपालिकामा सडक निर्माणमा काम नगरी भुक्तानी लिएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीको आपसी मिलेमतोमा झुट्टा बिल बनाएर ८ लाख ४८ हजार ९६२ रुपैयाँ भुक्तानी लिएको आयोगले जनाएको छ।फिल्डमा ३३८

Read More

सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइयो

सुनसरीको इनरुवा मा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ। ग्रिन सिटी पार्कमा राखिएको झण्डा पाथीभरा देवी मन्दिर निर्माणसँग जोडिएको विशेष कार्यक्रममा पञ्चेबाजाको धुनसहित फहराइएको थियो। निर्माणाधीन पाथीभरा मन्दिर र झण्डा सहितका संरचनाले इनरुवाको पर्यटन र विकासमा योगदान पुग्ने डीएन ग्रुपले विश्वास व्यक्त गरेको छ।

Read More

झापामा बर्ड फ्लु पुष्टि, कडा नियन्त्रण उपाय लागू

झापा का दमक र झापा गाउँपालिकाका व्यावसायिक फार्ममा H5N1 Bird Flu पुष्टि भएपछि प्रशासनले ती क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै कडा नियन्त्रण सुरु गरेको छ।संक्रमण फैलिन नदिन कुखुरा, अण्डा र पक्षीजन्य सामग्री ओसारपसारमा पूर्ण रोक लगाइएको छ भने संक्रमित फार्मका सबै कुखुरा नष्ट गरिएका छन्।छिमेकी जिल्लामा समेत जोखिम बढेकाले सतर्कता बढाइएको

Read More

कञ्चनरुपमा ‘नो पार्किङ’ कडाइ, टिपर–ट्रक सञ्चालनमा समयसीमा

सप्तरीको कञ्चनरुप नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘नो पार्किङ’ नियम कडाइका साथ लागू गरेको छ भने टिपर र ट्रक सञ्चालनमा समयसीमा तोकेको छ। बजार क्षेत्रको जाम घटाउने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।नगरप्रमुख ललन प्रसाद गुप्ताका अनुसार रुपनगर–फत्तेपुर बाइपासमा टिपर तथा ट्रक बिहान ५ देखि बेलुका ८

Read More

डोटीमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

डोटी को आदर्श गाउँपालिका–६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्। राति करिब १२:३० बजे भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप घुम्तीबाट खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी

Read More

डोल्पामा ३५ क्विन्टल जडीबुटीसहित चार जना पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको करिब ३५ क्विन्टल पदमचाल जडीबुटीसहित चार जनालाई नेपाली सेनाको संयुक्त टोलीले पक्राउ गरेको छ। छापामा दुई ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा नरेश बुढा, एलिश बुढा, कृष्ण विक र विकास रोकाया छन्। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासन

Read More