Home > स्थानीय समाचार (Page 6)

महाभारत गाउँपालिका लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ पालिका

काभ्रेपलाञ्चोक — महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा पनि शून्य बेरुजु कायम गर्दै लगातार तेस्रोपटक यो उपलब्धि हासिल गरेको छ। करिब १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण भए पनि कुनै बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ। गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कानुनअनुसार बजेट कार्यान्वयन, अनियमित खर्च नियन्त्रण

Read More

वीरगन्ज महानगर सेवा बन्द, साँचो मन्त्रालयलाई बुझाउने तयारी

पर्सा — प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। महानगरले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कार्यालयको साँचो बुझाउने तयारी गरेको हो। सरकारले पठाएका सहसचिवलाई महानगरले हाजिर गर्न नदिएपछि विवाद चार महिनादेखि जारी छ। महानगरले समन्वयबिना सरुवा गरिएको भन्दै असन्तुष्टि जनाएको छ। सेवा अवरुद्ध

Read More

भारततर्फ तस्करी गर्न लागिएको ३ लाख बढीको स्याउ झापामा बरामद

झापा । भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ३ लाख २४ हजार रुपैयाँ बराबरको स्याउ प्रहरीले बरामद गरेको छ। झापा गाउँपालिका–१ बिलाइतिबारीस्थित एक घरमा छापा मार्दा बिलबिजकविहीन ५४ कार्टुन स्याउ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद स्याउको तौल १ हजार ८० किलो रहेको छ। बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको

Read More

वडाअध्यक्ष तारा कार्की गुरुङले नातिसँगै एसईई उत्तीर्ण गरेर उदाहरणीय सफलता

तेह्रथुम, जेठ ३, २०८३ — म्याङलुङ नगरपालिका–७ की वडाअध्यक्ष तारा कार्की गुरुङले नातिसँगै एसईई परीक्षा उत्तीर्ण गर्दै अनौठो र प्रेरणादायी सफलता हासिल गरेकी छिन्। करिब ५० वर्षकी गुरुङले ३.१६ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन्। उनका नाति पनि यसै वर्ष एसईईमा सफल भएका छन्। गुरुङले वि.सं. २०५२ सालमा एसएलसी परीक्षा दिए पनि

Read More

चितवनमा जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु

चितवन, जेठ ३, २०८३ — चितवनको इच्छाकामना गाउँपालिकामा जङ्गली च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। स्थानीय श्यामबहादुर चेपाङको परिवारले खाएको जङ्गली च्याउका कारण ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य तीन जना बिरामी परेका थिए, जसमा १३ वर्षीया मनिता चेपाङको अवस्था

Read More

सुनसरी–मोरङ सिँचाइ आयोजना अतिक्रमणको चपेटामा, २,७०० भन्दा बढी संरचना बनेको खुलासा

सुनसरी, जेठ ३, २०८३ — देशकै पुरानो सुनसरी–मोरङ सिँचाइ आयोजनाको ठूलो क्षेत्र अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। आयोजनाका अनुसार करिब १११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २,७३३ वटा घर, मन्दिर, आश्रम र अन्य संरचना निर्माण भएका छन्। आयोजनाले सुनसरी र मोरङका विभिन्न नहर प्रणाली तथा कोलोनी क्षेत्रमा दशकौंदेखि अवैध

Read More

सिरहामा झाडीभित्र लुकाइएको २७६ किलो गाँजा फेला

सिरहाको कर्जन्हा नगरपालिका–११ क्षेत्रमा प्रहरीले झाडीमा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले शनिबार साँझ करिब ३ सय मिटर टाढा ११ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजा मिर्चैया प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे गाँजा कसले र कहाँबाट ल्याएर

Read More

श्रम संस्कृति पार्टीको कोशी नेतृत्वमा प्रताप राई

धरानमा सम्पन्न भेलाबाट श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन्। उपाध्यक्षमा प्रतिभा सेख अन्सारीसहित दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल चयन भएका छन्। यस्तै, सचिवमा दीपक तिम्सिना, कोषाध्यक्षमा प्रमाण राडे तथा प्रवक्तामा अभिनास लिम्बू निर्वाचित भएका छन्। भेलाले १ सय ३३ सदस्यीय प्रदेश समिति समेत गठन

Read More

मधेस सरकारलाई समर्थन गर्ने विषयमा जसपा नेपालभित्र मतभेद

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी भित्र मतभेद देखिएको छ। पार्टीको संसदीय दल बैठकले स्पष्ट निर्णय गर्न नसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने समयसमेत हेरफेर गरेका छन्। केही सांसदले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् भने केहीले सरकारको कार्यसम्पादन कमजोर रहेको भन्दै असन्तुष्टि जनाएका

Read More

मिथिलाञ्चलमा वटसावित्री पर्व, विवाहित महिलाको विशेष पूजा

मिथिलाञ्चलसहित देशभर विवाहित महिलाहरूले आज वटसावित्री (बरसाइत) पर्व श्रद्धापूर्वक मनाएका छन्। महिलाहरूले आफ्ना पतिको दीर्घायु र सन्तान सुखको कामना गर्दै बरको रूखमुनि विशेष पूजा गरेका छन्। व्रतालु महिलाहरू नयाँ पहिरन र श्रृङ्गारमा सजिएर सुतीको धागो बरको रूखमा बाँध्दै सावित्री–सत्यवानको पौराणिक कथा श्रवण गरेका थिए। नवविवाहित महिलाहरूका लागि यो पर्व विशेष मानिन्छ,

Read More