Home > राष्ट्रिय समाचार (Page 43)

नेपाल प्रहरीमा ठूलो सरुवा, १४९ डिएसपीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरी प्रधान कार्यालयले १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। शुक्रबार गरिएको निर्णयअनुसार विभिन्न युनिट र जिल्लामा कार्यरत डीएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवाको विस्तृत सूची सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

Read More

सरकारी अस्पतालका जग्गा अतिक्रमण हटाउन मन्त्रालयको कडा निर्देशन, २२ अस्पताललाई पत्राचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ वटा संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले कोशी अस्पतालसहित वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह र विभिन्न प्रतिष्ठानहरूलाई जग्गाको सिमाना यकिन गर्न, अतिक्रमण भएको भए हटाउन प्रक्रिया अघि बढाउन तथा अनधिकृत संरचना पहिचान गर्न

Read More

कर्मचारी समायोजनपछि प्रदेशकै कानुन लागू हुने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनपछि सम्बन्धित प्रदेशको कानुन र मापदण्ड नै लागू हुने महत्वपूर्ण फैसला गरेको छ। पूर्ण इजलासले कोशी प्रदेशका एक जनस्वास्थ्य अधिकृतको रिट खारेज गर्दै प्रदेशले बढुवा र सेवा सर्तका लागि आफ्नै नियम बनाउन सक्ने स्पष्ट पारेको हो। अदालतले प्रदेश निजामती सेवा संविधानअनुसार प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेशहरू

Read More

श्रीलङ्कास्थित नेपाल सरकारको जग्गा निजी नाममा पुगेको खुलासा

विराटनगर । महालेखा परीक्षकको प्रतिवेदनले श्रीलङ्कामा रहेको नेपाल सरकारको जग्गाको एक हिस्सा निजी व्यक्तिको नाममा पुगेको खुलासा गरेको छ। नेपाल सरकारले सन् १९८९ मा राजदूतावास निर्माणका लागि कोलम्बोस्थित राजगिरियामा खरिद गरेको डेढ एकड जग्गामध्ये एक एकड जग्गा केही वर्षमै निजी व्यक्तिलाई बिक्री भएको पाइएको हो। प्रतिवेदन अनुसार जग्गाको लालपुर्जा समेत नेपाल सरकारले

Read More

प्रधानमन्त्रीको राजीनामा माग्ने आधार छैन : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्ने कुनै ठोस कारण नरहेको बताएका छन्। साम्पाङले विभिन्न कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले जनमतको सम्मान गर्दै सरकारलाई अस्थिर बनाउनेभन्दा सहकार्य र संवाद आवश्यक रहेको टिप्पणी गरेका हुन्। उनले विगतका भ्रष्टाचार र जनताको जनादेशलाई स्मरण

Read More

कार्यस्थल यौन दुर्व्यवहार गम्भीर कसुर, ‘जिरो टोलरेन्स’ नीति अनिवार्य : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले कार्यस्थलमा महिलामाथि हुने यौनजन्य दुर्व्यवहारलाई गम्भीर कसुर भन्दै रोजगारदाताले शून्य सहनशीलता (जिरो टोलरेन्स) नीति अपनाउनुपर्ने स्पष्ट गरेको छ। एक कार्यस्थल यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्चले पदीय शक्तिको दुरुपयोग रोक्न प्रभावकारी नीति आवश्यक रहेको र पीडितको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु रोजगारदाताको कानुनी दायित्व भएको ठहर गरेको

Read More

जेनजी बहिष्कारपछि कार्यदल संयोजक शाहको प्रतिक्रिया: ‘संवादमै समाधान खोज्दैछौं’

काठमाडौं । संविधान संशोधनका लागि गठन गरिएको कार्यदलले जेनजी अगुवाहरूको बहिष्कारपछि पनि संवाद जारी राख्ने जनाएको छ। कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिने लक्ष्य रहेको भन्दै छलफलमा सहभागी हुन पुनः आह्वान गरेका छन्। जेनजी अभियन्ताहरूले भने विगतका सम्झौताहरू कार्यान्वयन नभएको र ६ बुँदे माग पूरा नभएसम्म छलफलमा

Read More

विद्यार्थी संगठनमाथि प्रतिबन्धको तयारीविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोधमा संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन्। ६२औँ विद्यार्थी दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म र्‍याली निकाल्दै उनीहरूले सरकारको कदमको विरोध गरेका हुन्। प्रदर्शनकारीहरूले विश्वविद्यालयको स्वायत्तता, शैक्षिक स्वतन्त्रता र प्रहरीको सट्टा शैक्षिक वातावरण बलियो बनाउनुपर्ने माग राख्दै नारा लगाएका थिए। उनीहरूले प्रतिबन्धको प्रयासले शैक्षिक क्षेत्र

Read More

शहीद मेमोरियल अस्पतालका ४० स्वास्थ्यकर्मी आन्दोलनमा, आकस्मिक बाहेक सेवा बन्द

काठमाडौं । कलंकीस्थित शहीद मेमोरियल अस्पतालका करिब ४० स्वास्थ्यकर्मी उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको तलब नपाएको र लामो समयदेखि श्रम शोषण भएको आरोप लगाउँदै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्। उनीहरूले मासिक करिब १९ हजार रुपैयाँ मात्र तलब पाउँदै आएको भन्दै पटक–पटक माग राखे पनि सुनुवाइ

Read More

दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनले जेठ १ गतेदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। वर्तमान सरकारले विभिन्न आयोग तथा निकायका पदाधिकारीलाई मार्गप्रशस्त गर्न अनुरोध गरिरहेका बेला यो राजीनामा आएको हो।

Read More