Home > विराटनगर समाचार (Page 9)

विराटनगरका ट्राफिक लाइट फेरि सञ्चालनमा, ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा

विराटनगरमा आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। महानगरका अनुसार अधिकांश स्थानमा लाइट सञ्चालनमा आइसकेका छन् भने कञ्चनबारीको लाइट केही दिनभित्रै सञ्चालनमा आउने तयारी छ। लामो समयसम्म ट्राफिक लाइट नहुँदा अव्यवस्थित बनेको सवारी व्यवस्थापन अब सुधार हुने अपेक्षा गरिएको छ। महानगरले मर्मतका लागि प्रारम्भिक

Read More

विराटनगरमा लडेर रामेछापका भुवन कार्कीको मृत्यु

विराटनगर–४ मा लडेर रामेछाप घर भएका ४२ वर्षीय भुवन कार्कीको मृत्यु भएको छ। सोमबार बिहान डेराको घरको कल छेउमा लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

विराटनगरका स्पामा एकैसाथ प्रहरी छापा

विराटनगर । विराटनगरस्थित मण्डला वेलनेस स्पामा प्रहरीले छापा मारेको छ। शहरभरका विभिन्न स्पामा एकैपटक चेकजाँच गरिएको छ।

Read More

विराटनगरको शैलजा आचार्य हृदय रोग केन्द्र खाली गर्न ३० दिने अल्टिमेटम

विराटनगरमा सञ्चालनमा रहेको ‘शैलजा आचार्य हृदय रोग केन्द्र’लाई जग्गाधनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न अल्टिमेटम दिएको छ। कोभिड–१९ महामारीका बेला अस्थायी रूपमा प्रयोगका लागि दिइएको जग्गामा पछि कुनै औपचारिक सम्झौता वा भाडा नतिरी स्थायी संरचना बनाएर अस्पताल सञ्चालन गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ। कम्पनीका

Read More

विराटनगरको बजारमा फुटपाथ खाली गराउन महानगर एक्सनमा उत्रियो।

विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा सामान राखेर विक्री वितरण गर्नेहरुलाई रोक लगाएको छ । शुक्रबार महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रहेको टोलीले बजार क्षेत्रका पसल सञ्चालकहरुलाई फुटपाथबाट सरसमान हटाएको हो । महानगरले मुख्यगरि बजार क्षेत्रको मुख्य बजारबाट फुटपाथबाट हुन कारोबार तथा फुटपाथमा राखिने सरसमान हटाउन थालेको हो । पैदल

Read More

विराटनगरमा फुटपाथ अतिक्रमण र अवैध उत्खननविरुद्ध महानगरको कडा अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले भोलिदेखि बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन र खोलामा भइरहेको अवैध उत्खनन रोक्न विशेष ‘एक्सन’ अभियान सुरु गर्ने भएको छ। अभियानअन्तर्गत सटर बाहिर सामान राख्न, सडकपेटीमा निर्माण सामग्री थुपार्न र मापदण्डविपरीत व्यापार गर्न निषेध गरिएको छ। नियम उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने महानगरले जनाएको छ। सिंघिया र केशलिया खोलामा

Read More

विराटनगरमा जुवातास खेल्दै ६ जना पक्राउ

विराटनगर–९ सोमबारे क्षेत्रमा खाली घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति विशेष सूचनाका आधारमा पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट तासका बुक, नेपाली ४४ हजारभन्दा बढी नगद र भारतीय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त स्थानमा नियमित रूपमा जुवातास खेल्ने गरिएको पाइएको

Read More

मोरङमा लागूऔषधसहित युवक पक्राउ, प्रहरीको हवाई फायर

विराटनगर — मोरङको रतुवामाई नगरपालिका–१ हटियामा लागूऔषध तस्करीमा संलग्न एक युवक पक्राउ परेका छन्। सोमबार राति भारतबाट लागूऔषध ल्याउँदै गरेको सूचनापछि खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो। प्रहरीका अनुसार सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीबाट करिब ४७५ ग्राम खैरो हेरोइन

Read More

विराटनगरमा युवाको मानवीय पहल, असहायका लागि निःशुल्क सिटी सफारी

विराटनगर । पञ्चमुखी युवा समाजको पहलमा विराटनगरमा असक्त, असहाय र आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क सिटी सफारी सेवा सुरु गरिएको छ। वडा नं. ६, ११ र १२ का बासिन्दालाई लक्षित गर्दै दुई वटा सिटी सफारी दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका वृद्ध तथा असक्तलाई सहयोग गर्न सञ्चालनमा ल्याइएको हो। युवाहरूको यो सामाजिक अभियानलाई

Read More

विराटनगरमा भारतीय युवक मृत फेला

विराटनगर । विराटनगरमा सोमबार बिहान एक युवक मृत फेला परेका छन्। राजु गणेश कामत (३४), भारतीय नागरिक, विराटनगर–३ स्थित डिभिजन वन कार्यालय नजिकको फलैँचामा मृत अवस्थामा भेटिएका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। मृत्युको कारण खुलेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More